१७ साउन/अर्थ र व्यापार – चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा विश्वकै ठूलो इभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ।
ब्याट्रीलाई लिएर इभी ग्राहकमा देखिएको दुविधा अन्त्य गर्न ब्याट्रीको सर्भिस सेन्टर र ल्याब स्थापना गर्न लागेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ब्याट्री सर्भिस सेन्टर आगामी सेप्टेम्बरबाट सुरु हुनेछ । सीजी मोटर्सले सीएटीएलका प्राविधिकलाई बोलाएर तालिम दिन लगाइ सेवा उपलब्ध गराउने जनाएको छ। ब्याट्री सर्भिसमा उत्कृष्ट ठहरिएका प्राविधिकले सर्भिस सेन्टरबाट सेवा दिने छन्।
सीएटीएल ब्याट्रीले विश्व बजारमा ३७ प्रतिशत बजार ओगटेको तथ्यांक छ। नेपालमा सीएटीएल ब्याट्रीको बजार हिस्सा दुई तिहाई छ ।
तपाईको प्रतिक्रिया