logo

नवलपरासी पूर्वमा एसेम्बली प्लान्ट बनाउँदै सीजी, वार्षिक ३० हजार हिरो बाइक उत्पादन गर्ने लक्ष्य

    133   पटक पढिएको


१३ फागुन/अर्थ र व्यापार – चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हिरोको एसेम्बली प्लान्ट निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण ‘आईईई’ गरेको छ ।
हिरोको नेपालका लागि नयाँ आधिकारिक बिक्रेता बनेसँगै सीजी मोटर्सले हिरोको बाइक नेपालमा बनाउन एसेम्बली प्लान्ट निर्माण गर्न लागेको हो । सो आईईई अनुसार कम्पनीले सीजी फ्युचर फ्याक्ट्री प्रालिको नाममा नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको देवचुली नगरपालिकाको दुम्कीमा एसेम्बली प्लान्ट निर्माण गर्न प्रस्ताव गरिएको थियो ।
सो स्थान सीजी इन्डष्ट्रियल पार्क क्षेत्रमा निर्माण तथा संचालन गर्न लागिएको हो। कम्पनीले गरेको आईईई अनुसार ४ विघा १६ कठ्ठा १० धुर जग्गा लिजमा लिएर हिरो ब्रान्डको स्कुटर र बाइक नेपालमा नै निर्माण गर्न लागिएको हो।
कम्पनीले वार्षिक ३० हजार युनिट स्कुटर र बाइक एसेम्बली गर्ने योजना बनाएको छ। कम्पनीले १६५ जनालाई रोजगारी दिने पनि सो आईईई प्रतिवेदनमा उल्लेख छ। उद्योगको फलाम, जस्तापाता, प्रिफ्याव प्यानल जस्ता सामग्रीहरु प्रयोग गरि एक तले भवन निर्माण गर्ने योजना रहेको छ।
यससँगै आवश्यक कच्चा पदार्थ भारत तथा अन्य देशबाट आयात गरि उक्त फ्याक्ट्रीमा एसेम्बली गरि बिक्री गर्ने योजना कम्पनीको छ। कम्पनीले आईईईको सुनुवाई यही २० गते गर्ने योजना समेत बनाएको छ। केही समय अघिमात्र हिरो ज्योति ग्रुपबाट सिजीमा गएको हो। त्यही अनुसार कम्पनीले अबको केही महिनामा हिरोका बाइकहरु एसेम्बल गरेर बजारमा ल्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।