logo

नवलपरासी पूर्वमा एसेम्बली प्लान्ट बनाउँदै सीजी, वार्षिक ३० हजार हिरो बाइक उत्पादन गर्ने लक्ष्य

    1159   पटक पढिएको


१३ फागुन/अर्थ र व्यापार – चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले हिरोको एसेम्बली प्लान्ट निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण ‘आईईई’ गरेको छ ।
हिरोको नेपालका लागि नयाँ आधिकारिक बिक्रेता बनेसँगै सीजी मोटर्सले हिरोको बाइक नेपालमा बनाउन एसेम्बली प्लान्ट निर्माण गर्न लागेको हो । सो आईईई अनुसार कम्पनीले सीजी फ्युचर फ्याक्ट्री प्रालिको नाममा नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको देवचुली नगरपालिकाको दुम्कीमा एसेम्बली प्लान्ट निर्माण गर्न प्रस्ताव गरिएको थियो ।
सो स्थान सीजी इन्डष्ट्रियल पार्क क्षेत्रमा निर्माण तथा संचालन गर्न लागिएको हो। कम्पनीले गरेको आईईई अनुसार ४ विघा १६ कठ्ठा १० धुर जग्गा लिजमा लिएर हिरो ब्रान्डको स्कुटर र बाइक नेपालमा नै निर्माण गर्न लागिएको हो।
कम्पनीले वार्षिक ३० हजार युनिट स्कुटर र बाइक एसेम्बली गर्ने योजना बनाएको छ। कम्पनीले १६५ जनालाई रोजगारी दिने पनि सो आईईई प्रतिवेदनमा उल्लेख छ। उद्योगको फलाम, जस्तापाता, प्रिफ्याव प्यानल जस्ता सामग्रीहरु प्रयोग गरि एक तले भवन निर्माण गर्ने योजना रहेको छ।
यससँगै आवश्यक कच्चा पदार्थ भारत तथा अन्य देशबाट आयात गरि उक्त फ्याक्ट्रीमा एसेम्बली गरि बिक्री गर्ने योजना कम्पनीको छ। कम्पनीले आईईईको सुनुवाई यही २० गते गर्ने योजना समेत बनाएको छ। केही समय अघिमात्र हिरो ज्योति ग्रुपबाट सिजीमा गएको हो। त्यही अनुसार कम्पनीले अबको केही महिनामा हिरोका बाइकहरु एसेम्बल गरेर बजारमा ल्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।