logo

नाडा अध्यक्षमा करण चौधरी र बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा निर्वाचित

    181   पटक पढिएको


२३ पुस/अर्थ र व्यापार– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् । ४७ औं साधारण सभाले चौधरीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का आकांक्षी उम्मेदवार आकाश गोल्छासँगको सहमतिपछि चौधरी निर्विरोध अध्यक्ष भएका हुन्।
संसोधित विधान अनुसार भएको सहमतीबाट एशोसियसनको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा निर्वाचित भएका हुन्। ४७ औं साधारण सभाबाट कार्यसमितिका २४ जना सदस्य सबै निर्विरोध निर्वाचित भएका हुन्। एसोसियसनको सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा निर्वाचित भएका थिए । यसैगरी, सदस्यमा निर्वाचित हुने अन्यमा निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्वाचित भएका थिए ।
संसोधित विधान अनुसार एशोसिएसनको आइतबार बसेको पदाधिकारी बैंठकले गोल्छालाई बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संसोधित विधानको व्यवस्था अनुसार एशोसिएसनमा अध्यक्ष बाहेक अरु सदस्य चयन हुने र कार्यसमितिबीचको मतदानबाट पदाधिकारी चयन हुने प्रावधान छ ।
नाडा कार्यसमितिबाट एशोसिएसनको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठ चयन भएका हुन्। यसैगरी, एशोसिएट उपाध्यक्षमा जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट तेजनारायण साह र सुदुर पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनको तर्फबाट पुष्करराज ओझा चयन भएका छन ।
एशोसिएसनको महासचिवमा एसटीसी इन्ड्रष्ट्रिजका सुरेन्द्रकुमार उप्रेती चयन भएका छन्। सचिवमा भने निर्वाचन भएको थियो । गणपति टायर इन्टरनेशनलका विक्रम सिंघानिया र साइमेक्स इंककी यमुना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । सिंघानिया एकमत बढी ल्याएर सचिवमा निर्वाचित भएका छन ।
यसैगरी, रिसिक अटोमोबाइल्सका मिलनबाबु मल्ल कोषाध्याक्षमा फेरि दोहोरिएका छन्। एशोसिएसन सहकोषाध्यक्षमा सिग्मा अटोका पंकज अग्रवाल चयन भएका छन्। एशोसिएसनको सदस्यमा दीपेन्द्रकुमार मिश्रा, जोशी सप्लार्यसका कपिल शिवाकोटी, नवराज भुसाल, भावना विजनेश लिंकका सुनिल रिजाल, हिट्को प्रालिका प्रदीपमान प्रधान, रिशव इन्टरनेशनलका सन्जयकुमार खेतान, हिमालय मोट्रोक्सका सौरभ थापा, श्रीदुष इन्टरनेशनलका ऋद्धि कार्की, वुद्ध इन्टरप्राइजेजका प्रकाश कपुरी सदस्यमा चयन भएका छन्।
त्यस्तै, संस्थागतबाट मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएसनको संजयकुमार श्रेष्ठ, चितवन अटोमोबाइल्स एशोसिएसनबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनबाट भद्र भण्डरी सदस्यमा चयन भएका छन्।
कार्यसमितिले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ मनोनित गरेको छ। यस्तै आमन्त्रित सदस्यहरु भने केही समयमा तोकिने नाडाले जनाएको छ । आमन्त्रित सदस्य नारायणी अटोमोबाइल्सका अनुपकुमार बराललाई कार्यसमितिमा ल्याउने तयारीमा नाडा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।