logo

फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक : ५७ लाखमै पाइने, ५ वर्षको वारेन्टी

    989   पटक पढिएको

१७ पुस/अर्थ र व्यापार– फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले सो भ्यान सोमबार बजारमा सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ५७ लाख रुपैयाँ राखेको छ । जसमा १५ सिटरको मूल्यमा फोटोन नेपालले ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा पनि दिइने सो कम्पनीले जनाएको छ ।
यी इभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटीए प्रमाणित सवारी साधनहरू हुन्, जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ । फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गरेको छ ।
हाई रुफ इभी भ्यानमा ८५ किलोवाटको पावरसहित फराकिलो भित्री भाग र आरामदायी सवारीका लागि फुल एसी सुविधा छ।
कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट आवरको क्याटल ब्याट्री छ, जुन विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माताको उत्पादन हो।
फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ इभी भ्यान यस सेग्मेन्ट अन्तर्गत यसको उन्नत प्रविधिको लागि मात्र नभइ यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको बताए।
यसको कम मर्मत खर्चले सवारीधनीलाई थप बचत गर्न पनि सघाउने पनि उनको दाबी छ। यस भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको उनले बताए।
एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले फोटोन निर्माता मात्र नभई यो लगातार नयाँ प्रविधिहरुसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट भएको बताए । विश्वकै अग्रणीहरूसँगको सहकार्य र विश्व आर्थिक मञ्चको लाइट हाउस अवार्ड २०२० मान्यताले समेत फोटोनको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको उनले बताए ।
ग्राउन्डब्रेकिङ भेहिकल इनोभेसनका अतिरिक्त फोटोनले नेपालभरका इभी चार्जिङ स्टेसनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको उनको भनाइ छ । नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै आयातित पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने अग्रवालले बताए ।
उनले अत्याधुनिक प्रविधि र वातावरणीय उत्तरदायित्वप्रति दृढ प्रतिबद्धताद्वारा संचालित फोटोनले नेपालको दिगो भविष्यको परिकल्पना गरेको बताए। कम्पनीले यस ईभी गाडी पेट्रोलबाट चल्ने गाडीहरूसँग एक्सचेन्ज गर्न सक्ने बताएको छ । कम्पनीका अनुसार हाई रुफ ईभी भ्यानको बुकिङसमेत खुल्ला गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।