logo

फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक : ५७ लाखमै पाइने, ५ वर्षको वारेन्टी

    233   पटक पढिएको

१७ पुस/अर्थ र व्यापार– फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले सो भ्यान सोमबार बजारमा सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ५७ लाख रुपैयाँ राखेको छ । जसमा १५ सिटरको मूल्यमा फोटोन नेपालले ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा पनि दिइने सो कम्पनीले जनाएको छ ।
यी इभी भ्यानहरू युरोपियन युनियन डब्लूभीटीए प्रमाणित सवारी साधनहरू हुन्, जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टीयूभी रेनल्याण्डद्वारा गरिएको छ । फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गरेको छ ।
हाई रुफ इभी भ्यानमा ८५ किलोवाटको पावरसहित फराकिलो भित्री भाग र आरामदायी सवारीका लागि फुल एसी सुविधा छ।
कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट आवरको क्याटल ब्याट्री छ, जुन विश्वकै सबैभन्दा ठूलो ब्याट्री निर्माताको उत्पादन हो।
फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ इभी भ्यान यस सेग्मेन्ट अन्तर्गत यसको उन्नत प्रविधिको लागि मात्र नभइ यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको बताए।
यसको कम मर्मत खर्चले सवारीधनीलाई थप बचत गर्न पनि सघाउने पनि उनको दाबी छ। यस भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको उनले बताए।
एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले फोटोन निर्माता मात्र नभई यो लगातार नयाँ प्रविधिहरुसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट भएको बताए । विश्वकै अग्रणीहरूसँगको सहकार्य र विश्व आर्थिक मञ्चको लाइट हाउस अवार्ड २०२० मान्यताले समेत फोटोनको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको उनले बताए ।
ग्राउन्डब्रेकिङ भेहिकल इनोभेसनका अतिरिक्त फोटोनले नेपालभरका इभी चार्जिङ स्टेसनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको उनको भनाइ छ । नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै आयातित पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउने अग्रवालले बताए ।
उनले अत्याधुनिक प्रविधि र वातावरणीय उत्तरदायित्वप्रति दृढ प्रतिबद्धताद्वारा संचालित फोटोनले नेपालको दिगो भविष्यको परिकल्पना गरेको बताए। कम्पनीले यस ईभी गाडी पेट्रोलबाट चल्ने गाडीहरूसँग एक्सचेन्ज गर्न सक्ने बताएको छ । कम्पनीका अनुसार हाई रुफ ईभी भ्यानको बुकिङसमेत खुल्ला गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।