logo

नाडा अटोमोवाइल्स एशोसिएसनमा सहमती जुटयो,अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा गोल्छा

    183   पटक पढिएको

४ पुस/अर्थ र व्यापार – आगामी २० र २१ पुसमा हुने निर्वाचनकालागि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका तीनजना प्रत्यारी नाडा व्यवसायीबीच सहमती जुटेसँगै अब नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ अध्यक्ष करण चौधरी हुने भएका छन । आगामी नयाँ नेतृत्वकालागि हुने निर्वाचनमा अध्यक्षका उम्मेदवारी दावी गरेका प्रत्यासी नाडा व्यवसायीहरु करण चौधरी, आकश गोल्छा र प्रकाश कपुरी लगायतका व्यवसायीहरुबीच मंगलबार भएको अन्तिम सहमतिबाट आगामी नयाँ अध्यक्ष चौधरी नै हुने भएका हुन । आगामी २० र २१ पुसमा हुने एसोसिएसनको ४७ औं साधारण सभाले अनुमोदन गरेपछि मात्र मंगलबार भएको यस सहमतिले पुर्णता पाउनेछ ।

नाडा अध्यक्ष ध्रुब थापाले जानकारी गराए अनुसार मंगलबारको सहमति बमोजिम आगामी ४७ औं साधारण सभापछि करण चौधरीले नाडाको नेतृत्व सम्हाल्ने छन् । यसैगरी अर्का आकांक्षी आकाश गोल्छा एसोसिएसनको बरिष्ठ उपाध्यक्ष हुने छन् । अहिले गोल्छाका लागि नाडामा वरिष्ठ उपाध्यक्षको नयाँ पद सिर्जना गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा जस्तै वरिष्ठ उपाध्यक्ष स्वतः यस एसोसिएसनको अध्यक्ष हुने व्यवस्थाबाट गोल्छालाई अर्को कार्यकालमा नाडा अध्यक्ष हुने बाटो बनाइएपछि बल्ल चुनावी मैनादमा उत्रिएका नाडा व्यवसायीबीच यस्तो सहमति जुटेको हो ।

नाडाका अध्यक्ष थापाका अनुसार आगामी ४७ औं साधारण सभाले अध्यक्षका प्रत्यासी उम्मेदवार चौधरीलाई आगामी नयाँ अध्यक्ष र गोल्छालाई वरिष्ठ उपाध्यक्षमा अनुमोदन गर्नेछ भने अर्को साधारण सभादेखि वरिष्ठ उपाध्यक्ष पदमा नै निर्वाचन हुनेछ ।
यसअघि नै अटो व्यवसायीहरुले सहमतिको प्रयासलाई जोड दिए पनि चौधरी र गोल्छा भने निर्वाचनमा जाने मनस्थितीमा थिए । जसका लागि उनीहरुले आफ्ना भिन्दाभिन्दै समुह नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेका बेला अहिले नाडाका व्यवसायीबीच सर्वपक्षीय पहलबाट बल्ल यस्तो सहमति जुटेको हो ।
सीजी होल्डिङ्सका करण चौधरी आगामी अध्यक्षका लागि निर्वाचनमा भिड्ने तयारी गरिरहेका थिए भने जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा पनि अध्यक्षमै प्रतिस्पर्धा गर्ने तयारीमा लागेका थिए ।
यसअघि सोमबार बसेको नाडा अटो व्यवसायीको बैठकले सहमतिबाटै नयाँ अध्यक्ष चयन गर्ने निष्कर्ष निकालेको थियो । सोही निर्णय पछि चौधरी र गोल्छालाई एक आपसमा मिलेर को पहिले अध्यक्ष बन्ने सहमति जुटाउन व्यवसायीले पुनः एकदिनको समय दिएका थिए । मंगलबार अध्यक्षका आकांक्षी चौधरी र गोल्छाबिच पहिले चौधरी अध्यक्ष हुने र गोल्छा वरिष्ठ उपाध्यक्ष हुँदै अर्को पटक स्वतः अध्यक्ष हुने सहमति जुटेको हो ।
नाडाका अध्यक्ष थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश ) लगायत पूर्व अध्यक्षहरु सहित सहभागी मंगलबारको बैठकमा उनीहरुका बचिमा यस्तो सहमति जुटेको हो । आगामी साधारण सभाले विधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र नयाँ अध्यक्ष हुँदै गरेका चौधरी र बरिष्ठ उपाध्यक्ष हुँदै गरेका गोल्छा बिचमा भएको यो सहमति कार्यान्वायनमा आउनेछ ।
चौधरीले पनि सबैव्यवसायीको साथ र आपसी सहमतीका आधारमा नै अब आफु सर्वसहमत नाडाको नयाँ अध्यक्ष हुँदै गरेको बताए । उनले यसरी सर्वसहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्दा व्यवसायीबीच राम्रो सन्देश जाने र नाडा अटो व्यवसायीहरुबीच एकताको भावना विकास हुने धारणासहित यस्तो सहमति गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।