logo

नाडा अटो शो सुरु, २० अर्बको कारोबार गर्ने लक्ष्य

गाडीलाई अत्यावश्यक बस्तुमा वर्गीकरण गर्न नाडाको आग्रह

    839   पटक पढिएको

२६ भदौ/अर्थ र व्यापार – मंगलबारदेखि काठमाडौको भृकुटीमण्डपमा ‘१५औं संस्करणको नाडा अटो शो’ सुरु भएको छ । नाडा अटोमोबाइल एसोसियसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शो को उद्घाटन अर्थमन्त्री डा.प्रकाशशरण महतले गरेका हुन । कोरोना महामारीदेखि रोकिएको अटो शो यसपाली बल्ल सुरु भएको हो ।
आगामी ३१ भदौसम्म सञ्चालन हुने अटो शो मा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको नाडाले जनाएको छ । यस अटो शो मा विद्युतीय सवारीको बाक्लो उपस्थिति रहेको छ ।
नाडा अटोमोबाइल एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले नेपालको अटोमोबाइल क्षेत्रले अर्थिक र रोजगारदाताको रुपमा धेरै ठूलो योगदान गरेको बताएका छन्।
मंगलबारदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नाडा अध्यक्ष थापालेले सरकारसँग यस्तो आग्रह गरेका हुन ।
अटो क्षेत्रबाटै सरकारले भन्सार शुल्क र राजस्व सबैभन्दा धेरै संकलन गर्ने गरेको भन्दै उनले गाडीलाई विलासिताको वस्तुबाट हटाइ अत्यावश्यक वस्तुमा वर्गीकरण गर्न उनले अर्थमन्त्री प्रकाशशरण महतल समय यस्तो आग्रह गरेका हुन ।
ईभीको कर स्थिर राख्न समेतको उनले सरकारको ध्यानाकर्षण गराएका छन्। अस्थिर नीतिले ईभीको लागि धेरै कठिन परिस्थिति सिर्जना भएको उनको भनाइ थियो।
अध्यक्ष थापाले गुणस्तर प्रमाणीकरण गरेर मात्रै आयात तथा उत्पादन गर्ने कानुन बनाउन आवस्यक भएको बताए । उनले यो अहिले रोक्न नसके नेपाल डम्पिङ साइट बन्ने बताए ।
सवारी कर्जाको जोखिम भार ७५ प्रतिशत नै कायम गर्न पनि उनले अर्थमन्त्री महतको ध्यानाकर्षण गराए । अन्य हायर पर्चेज कर्जाको पनि राम्रो व्यवस्था मिलाउन उनको अनुरोध थियो।
भन्सार विभागले लागू गरेको सन्दर्भ मूल्य ४ गुणा धेरै बढाउने काम गरेको कारण स्पेयर पार्ट्स आयतमा समस्या निम्त्याएको उनको आरोप छ । यसैगरी, उनले यसको यथास्थितिमा बुझेर मात्र सन्दर्भ मूल्य कायम गर्न अर्थमन्त्री महतलाई आग्रह गरे ।
नाडा अटो सो उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल देसको अर्थतन्त्रमा सुधार आउन थालेकाले अब गाडीको व्यापार बढ्ने बताए । ‘अर्थतन्त्रका समस्या अब चाँडै हल हुन्छन्, आर्थिक गतिविधि विस्तारै बढ्दै जाने ठोस आधार देखिएको छ, विदेशी विनिमय सञ्चिति बढेको छ, विदेशी पर्यटक बढ्न थालेका छन्, जग्गा कित्ताकाट खुलेको छ, अटो क्षेत्रका समस्या पनि समाधान हुँदै गएका छन्, अब गाडीको व्यापार बढ्छ’ उनले भने ।
नेपालमा गाडी डिलर धेरै भएको उनले टिप्पणी गरे । ‘हरेक गल्लीमा २–३ वटा डिलर हुँदा लागत बढेको छ, मर्ज गर्न आवश्यक छ,’ अर्थमन्त्रीले भने ।
नेपालमा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएकाले गाडीको पनि एसेम्ब्लिङ सुरु गर्न व्यवसायीलाई उनले आग्रह गरे । ‘नाडा अब डिलर एसोसिएसनभन्दा पनि उत्पादन एसोसिएसन बन्नुपर्छ,’ महतले भने, ‘एसेम्ब्लिङ सुरु गर्नुस्, सरकारले सहुलियत पनि दिन्छ ।’
अहिले पैसा नघुमेर अर्थतन्त्र चलायमान नभएको अर्थमन्त्री महतको बुझाइ छ । ‘अहिले ऋणी ऋण लिन नचाहने तर बैंकहरु कर्जा दिन चाहने स्थिति छ, यसमा सुधार जरुरी छ,’ उनले भने ।
अहिले एउटा जग्गा चाहिनेले पनि १० वटा जग्गा किनेर राख्ने प्रवृत्तिले समस्या देखिएको बताउँदै महतले भने, ‘सेयर बजारमा पनि यस्तै समस्या देखिएको छ,’ उनले भने, ‘सरकारले यी सबै समस्या समाधान गर्दै जान्छ ।’ पहिला गाडी लक्जरीको साधन भएकाले कर धेरै लगाएको र यसले कर बढी आएको भएर दर नघटेको हुन सक्ने उनको भनाइ छ । ‘अब ईभीमा जाने भएपछि विद्युत खपत बढ्छ, इन्धन आयात घट्छ,’ अर्थमन्त्री महतले भने, ‘अब ईभीलाई प्राथमिकता दिनुपर्छ ।’
आगामी ३१ भदौसम्म सञ्चालन हुने अटो शो मा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको नाडाले जनाएको छ । यस अटो शो मा विद्युतीय सवारीको बाक्लो उपस्थिति रहेको छ ।
अटो शो मा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लक रहेका छन्। १६ ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पाँग्रे , ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
यस अटो शो मा प्रवेश टिकटको मूल्य २०० रुपैयाँ राखिएको भएको छ । विद्यार्थीका लागि भने प्रवेश शुल्क १५० रुपैयाँ कायम गरिएको नाडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।