logo

आगामी २६ भदौदेखि नाडा अटो शो हुने, बुकिङ खुला

    127   पटक पढिएको


३ साउन/अर्थ र व्यापार – यस वर्षको नाडा अटो शो आगामी २६ देखि ३१ भदौसम्म काठमाडौंमा आयोजना हुने भएको छ । अटो शो आयोजना गर्दै आएको नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालले मंगलबार यसबारे जानकारी दिएको हो ।
काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुने शोका लागि आयोजकले बुकिङ समेत खुला गरिसकेको जनाएको छ ।
‘नाडा अटो शो २०२३’ मा विद्युतीय लगायतका चार पाङ्ग्रे, तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायर–ट्यूब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरु राखिने छन् ।
एसोसिएसनका महासचिव सुरेन्द्रकुमार उप्रेतीकाअनुसार प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघसंस्थाहरु समेतको सहभागिता रहने छ ।
उनले झण्डै चार वर्षपछि हुन लागेको यस बृहत प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा समेत राखिएको बताए ।
कोभिड–१९ को दिर्घकालीन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोबाइल व्यवसामा हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी बृहत हुने आयोजकले अपेक्षा गरेको छ ।
प्रदर्शनीमा नेपालभरका अटोमोबाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने अपेक्षा समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।