logo

एसेम्बलिङ उद्योगमा दिँदै आएको महसुल छुट नघटाउन नाडाको माग

    116   पटक पढिएको

१० जेठ/अर्थ र व्यापार – नाडा अटोमोबाइल एसोसिएसनले एसेम्बलिङ उद्योगमा दिँदै आएको महसुल छुट नघटाउन माग गरेको छ ।
नाडाले धेरै समयदेखि राख्दै आएको मागलाई दृष्टिगत गर्दै सरकारले सवारी साधनको एसेम्बल उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महसुलहरुमा विभिन्न छुट र नीतिगत सुविधा दिएको छ ।
नेपालमा ४ वटा दुई पाङ्ग्रे सवारी साधनको एसेम्बल उद्योगले उत्पादन गरिरहेका छन् । अरु दुईवटा उद्योग तत्कालै उत्पादनको अवस्थामा छन् भने केही अरु यस्ता एसेम्बल उद्योग खुल्ने तयारीमा छन् ।
नेपालमा केही चारपाङ्ग्रे सवारी साधन उत्पादन तथा एसेम्बल गर्ने उद्योग पनि खुल्ने क्रममा छन् । आगामी वर्षको बजेटमा सवारी साधनका एसेम्बलिङ उद्योगलाई दिइँदै आएको महसुलमा छुट लगायतका नीतिगत सुविधा कटौती गर्न लागेपछि नाडाले विशेष ध्यानकर्षण भएको जनाएको छ ।
‘सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयंमा धेरै पुँजी र लगानी चाहिने उद्योग हो । नेपालमै सवारी साधनको एसेम्बल उद्योग स्थापना हुँदा सर्वसाधारणले केही सस्तो मूल्यमा सवारी साधन प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरि, नाडाले नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने हुन्छ । एसेम्बली उद्योगले औद्योगीकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पुयाइरहेको बताएको छ ।
नाडाले एउटा एसेम्बल उद्योगका कारण त्यससँग आश्रित कैयन् अन्य उद्योग पनि स्थापना हुने जनाएको छ । सरकारले यस्ता तथ्यहरुलाई नजरअन्दाज गर्दै भएकै सुविधासमेत कटौती गरेमा ठूलो लगानी डुब्ने मात्र नभई नेपाल ओद्योगीकरणको दौडमा अझै पछाडि पर्ने निश्चित रहेको नाडाको भनाइ छ ।

सरकारले सबै नागरिकले सवारी साधन प्रयोग गरुन् भन्ने उद्देश्यले सोहीअनुरुप नीतिगत प्रोत्साहनका प्याकेज ल्याउँदै जानुपर्नेमा केही वर्षको अन्तरालमै पटक–पटक नीति परिवर्तन गर्दै जाने हो भने नेपालमा एसेम्बल उद्योग खुल्न नसक्ने र भएको एसेम्बल उद्योग पनि बन्द हुने अवस्था आउने नाडाले बताएको छ ।

त्यसैगरी, नाडाले एसेम्बल उद्योगले आद्योगिक सीपको विकासगरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्नसमेत मद्दत गर्ने तर्क गरेको छ ।
सरकारले तत्कालको समस्या अर्थात् राजस्वलाई मात्र दृष्टिगत गरी नीति बनाउँदा त्यसको दीर्घकालीन असरलाई समेत ध्यान दिनुपर्नेमा नाडाले सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।