logo

नाडाको ४६औं वार्षिक साधारणसभा २२ पुसमा

    348   पटक पढिएको


२५ मंसिर/अर्थ र व्यापार – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४६औं वार्षिक साधारणसभा आगामी २२ पुसमा हुने भएको छ । एसोसिएसनका अध्यक्ष ध्रुुव थापाको अध्यक्षतामा २२ मंसिरमा बसेको १२ औं कार्यसमिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
काठमाडौंको दरवारमार्गस्थित होटल याक एण्ड यतिको रिगल हलमा साधारणसभा हुने महासचिव सुरेन्द्रकुमार उप्रेती (सुरेश)ले जानकारी दिए । आगामी २२ पुुसमा हुने साधारण सभामा मुलुकभरका सबै अटो व्यवसायीहरु एवं नाडाका प्रतिनिधी सहभागी हुने अपेक्षा गरिएको छ ।
साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुुत गर्दै सो प्रतिवेदनबारे छलफल र अनुमोदन, आर्थिक वर्ष २०७८ र ०७९को आय (व्ययको विवरण र २०७९ र ०८० को बजेट प्रस्तुत गरी सोबारे छलफल र अनुमोदन हुनेछ । लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण जस्ता विषयमा छलफल गरिने उनले जानकारी दिए ।
साधारणसभाको अवसरमा राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट सेवा पुुर्याएका ४ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको नाडाले जनाएको छ । नाडा अटोमोबाइल्स ट्रेड डाइरेक्ट्री २०२३ को विमोचन लगायतका कार्यक्रम साधारणसभामा समावेश हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।