logo

बिवाइडीको शोरुम काठमाडौंको नक्सालमा, विद्युतीय गाडीलाई प्राथमिक्ता दिनुपर्ने

    1328   पटक पढिएको


३१ असोज/अर्थ र व्यापार – नेपालमा शनिबार मात्र सार्वजनिक भएको चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स’ ‘बीवाइडी’ को ‘एटो ३’ गाडीको शोरुम काठमाडौंको नक्साल ९नारायणचौर०मा सञ्चालनमा आएको छ ।

नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले ‘एटो–३’ को शोरुम सोमबारबाट नक्सालनमा सञ्चालनमा ल्याएको हो । दुई महिना अगाडिनै नेपालमा सार्वजनिक गर्ने भनिएको एटो ३ लाई शनिबार नेपालका वरिष्ठ हास्य कलाकार तथा एटो ३ का ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले सार्वजनिक गरेका थिए ।
नक्सालमा सञ्चालनमा ल्याइएको बिवाइडी शोरुमको उद्घाटन पनि हरिवंश आचार्यले गरेका थिए । शोरूमको उद्घाटन समारोहमा साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले विश्व बजारमा लोकप्रियता कमाएको एटो ३ ले नेपाली बजारमा पनि लोकप्रियता पाउने विश्वास व्यक्त गरिन् । उनले सानैदेखि आफूलाई नेपालमा विद्युतीय गाडी सञ्चालनमा ल्याउन मन लागेको बताउँदै एटो ३ नेपालमा भित्र्याउन पाउँदा खुसी लागेको बताइन् ।
‘मलाई सानैदेखि नेपालमा विद्युतीय गाडी सञ्चालनमा ल्याउनुपर्छ भन्ने लागेको थियो । मेले एटो ३ नेपालमा ल्याउन पाउँदा खुसी लागेको छ,’ श्रेष्ठले भनिन् ‘नेपालमा सार्वजनिक यातायातलाई समेत विद्युतीय बनाउन सके नेपाललाई धेरै फाइदा हुन्छ ।’ सार्वजनिक यातायातलाई विद्युतीय बनाउन सके नेपाललाई फाइदा पुग्ने उनको भनाई छ ।
कलाकार हरिवंश आचार्यले एटो ३ गाडीको ब्रान्ड एम्बास्डर बन्ने अवसर पाउँदा आफूलाई गर्व महसुस भएको प्रतिक्रिया दिए । उनले विद्युतीय गाडीलाई नेपालमा बढाउन आवश्य रहेको पनि चर्चा गरे । विद्युतीय गाडीको अधिकतम प्रयोगले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने उनको भनाई छ ।
नेपालमा बीवाइडीको व्यापार क्रमिक रुपमा विस्तार हुँदै जानेमा पनि उनले विश्वास व्यक्त गरे । विद्युतीय सवारीसाधनको प्रयोग गरेर इन्धनको खपतलाई घटाउनेकाममा योगदान गर्न पनि श्रेष्ठले आग्रह गरे ।
विश्व बजारमा लोकप्रिय मानिएको एटो ३ को मूल्य नेपालमा ८९ लाख ९० हजार तोकिएको छ । एटो ३ मा ५० किलोवाट र ६०।५ किलोवाट क्षमतायुक्त ब्याट्री रहेको छ । यसलाई एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्ने क्षमता रहेको छ । एटो ३ मा १२।८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।