logo

धेरै माइलेज दिने सुजुकीको सेलेरियो कार सार्वजनिक

    1830   पटक पढिएको

१२ फागुन/अर्थ र व्यापार– नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सिजी मोटोकर्प काठमाडौंको आधिकारिक डिलर प्रबिशा ट्रेडिङ प्रालिले एयरपोर्ट शोरुममा सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ ।
सर्वाधिक माइलेज दिने यो गाडीको लो रनिङ कष्ट कारण, बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको विश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक प्रविणविक्रम शाहीका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ । साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्ने कम्पनीले जनाएको छ ।
अल–न्यू सेलेरियोले थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिश थ्रीडी अर्गानिक स्कल्प्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५ (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फगल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।
नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम अनुभव दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ ।
पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटीयुक्त के–सिरिज इञ्जिन प्रयोग गरेको छ, जसले नेपालमै सर्वाधिक २६ दशमलब ६८ किलोमिटरपीएल माइलेज माइलेज दिनसक्नेछ । सेगमेंटमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले सीओटी इमिसन्सलाई १९ प्रतिशतसम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा सञ्चालित, नयाँ सेलेरियोले ८९ एनएमएट३५००आरपीएमको टर्क र ६७ पीएएट५५००आरपीएएमको पावर प्रदान गर्दछ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।
सुजुकीको एड्भान्सड हर्टेक्ट प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । हर्टेक्ट प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ । उच्चतन्य स्टीलको व्यापकप्रयोग र १२ प्लस सुरक्षा सुविधाहरूले बाहकहरूका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।