logo

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, अन्य १७ कार्यसमिति सदस्यमा चौधरी समुहबाट १२ र थापा समुहबाट ५ जना विजयी

    1587   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी धुर्वबहादुर थापा विजयी भएका छन् । थापा फोर्स मोटरको नेपालको आधिकारिक बिक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन । उनले अध्यक्षका प्रत्यशी करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि नाडाको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन ।
गत बुधबार र बिहीबारदेखि काठमाडौँमा सञ्चालित नाडाको ४५औँ वार्षिक साधारणसभापछि सम्पन्न भएको निर्वाचनको अन्तिम मतगणना अनुसार अध्यक्षमा विजयी थापाले कुल १४ सय १३ मत ल्याउँदा अर्का प्रत्यासी चौधरीले १३ सय ४७ मत प्राप्त गरेका थिए । 
यो निर्वाचनबाट अध्यक्षमा थापा निर्वाचित भएपनि अन्य पदाधिकारीहरुमा चौधरी समुहले नै बहुमत ल्याएका छन् । एक जना अध्यक्षसहित नाडाको कुल १७ कार्यसमिति सदस्य मध्येमा चौधरी समुहबाट १२ जना र थापा समुहबाट ५ जना विजयी भएको नाडा निर्वाचन समितिले जनाएको छ ।
नाडा निर्वाचन समितिका अनुसार सदस्यमा करण चौधरीको समुहबाट मिलनबाबु मल्ल १४ सय ६५ मत , अनुप कुमार बराल १४ सय ६३ मत , राजनबाबु श्रेष्ठ १४ सय ५७, सुरेन्द्र कुमार उप्रेती १४ सय ३२, सुनिल रिजाल १४ सय २, अभिक ज्योति १३ सय ८३, प्रकाश कपुरी १३ सय ७९, विक्रम सिंघानियाले १३ सय ७१ मत र गोपाल भट्टराईले १३६५ मत ल्याएर विजयी भएका छन्। यसैगरि, करण चौधरीकै समुहबाट निलमणि पाठक १३ सय ५४ मत , वरदान बस्नेत १३ सय ५० मत र पंकज अग्रवालले १३ सय ३४ मत ल्याई विजयी भएका हुन्। 
नवनिर्वाचित अध्यक्ष  थापाको समुहबाट निराकर श्रेष्ठ १३ सय ६४ मत , यमुना श्रेष्ठ १३ सय ५५ मत , कपिल शिवाकोटी १३ सय ४८ मत , प्रदिपमान प्रधान १३ सय ४६ मत र आकाश गोल्छा १३ सय ३९ मत ल्याएर विजयी भएका छन् । कुल ३२ सय १६ मतदाता सदस्य रहेको नाडाको सो निर्वाचनमा जम्मा २७ सय ८८ मत मात्र खसेको थियो । यो निर्वाचनमा थापा र चौधरीको समुहबाट केन्द्रिय सदस्यकालागि १७ / १७ जना गरि ३४ जना व्यवसायीबीच प्रतिस्पर्धा भएको थियो ।  अन्य व्यवसायी मतदान गर्न सहभागी नै नभएको नाडा निर्वाचन समितिले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।