logo

आवस्यक ज्ञान र पूर्वाधारको क्षमता भए गाडीको एसेम्बलिङ थाल्न अर्थमन्त्रीको आग्रह 

नाडा नेतृत्वमा चौधरी र थापा समुहबीच प्रतिस्पर्धा

    871   पटक पढिएको

२२ मंसिर/अर्थ र व्यापार – अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाईल्सको क्षेत्रमा संलग्न व्यवसायीलाई आवस्यक ज्ञान र पूर्वाधारको क्षमता भए स्वदेशमै चारपांग्रे गाडीको एसेम्बलिङको काम थाल्न आग्रह गरेका छन ।  
बुधबारदेखि काठमाडौँमा सुरु भएको नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । हाल सरकारले नेपालमै चारपांग्रे गाडीको एसेम्बलिङ भएको हेर्न चाहेको भन्दै उनले त्यसको वातावरण सिर्जना गर्नकालागि आगामी दिनमा सरकारले व्यवसायीलाई आवस्यक सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे । 
‘अब के कसरी नेपालमा गाडीको एसेम्बलिङ गर्न सकिन्छ, जग्गा उपलब्ध गराएर हुन्छ कि, त्यसलाई आवस्यक पूर्वाधार तथा नीति निर्माण गर्नकालागि सरकारले ग्यारेन्टी गरेर हुन्छ वा कुनै राहत दिएर हुन्छ, सरकार तयार भएकाले व्यवसायीले नेपालमै एसेम्बलिङको काम थाल्न तयार हुनु पर्छ’ अर्थमन्त्री शर्माले भने । उनले नाडाले पु¥याएको योगदान देश विकासको क्षेत्रमा राजश्वदेखि देशको मेरुदण्ड सडक सञ्जालमा महत्वपूर्ण योगदान रहेको बताए । 
उनले पर्याप्त बजार, श्रम, विद्युत, जमीन यही रहेकाले नेपालमै एसेम्बल उद्योग खोलेर विदेशी सवारीको आयात घटाउनेतर्फ लाग्न व्यवसायीलाई आग्रह गरे । आयात प्रतिस्थापन र व्यापार घाटा कम हुने उपाय अवलम्बन गर्नकालागि सरकार लागि परेको भन्दै उनले अब यस्तो कार्यकालागि आवस्यक नीति सरकारले बनाईदिने भएकाले ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरे ।
यसैगरि, अर्थमन्त्री शर्माले अटो व्यवसायीहरुलाई आफुहरुले राजस्वमा ठूलो योगदान दिएको भन्दै अनावश्यक हल्ला नफैलाउन समेत आग्रह गरे ।  पछिल्लो समय नाडासम्बद्ध व्यवसायीले आफुहरुले देसको कुल राजस्वमा २५ प्रतिशत योगदान गर्दै आएको बताईरहँदा अर्थमन्त्री शर्माले भने गाडी आयातकर्ताहरुले देशमा राजस्वमा योगदान गरेको भन्ने भ्रमबाट मुक्त हुन समेत आग्रह गरे । 
आगामी दिनमा नाडाको उद्देश्य परिवर्तन गरी निर्यात व्यापारतर्फ जोड दिन आग्रह गर्दै उनले अटो क्षेत्रले राजस्वमा २५ प्रतिशत योगदान ग¥यो भन्ने छ तर ,यो मानसिकता नराख्न सुझाव दिए । नाडाको भूमिका बदलियोस् भन्ने आफुले चाहेको भन्दै उनले अबका दिनमा बाहिरबाट गाडी आयात घटाएर बरु व्यापार घाटा घटाउन सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । 
यस्तो कार्यकालागि सरकारले स्वदेशमै गाडी एसेम्वलिङकालागि सक्दो सहयोग गर्ने जानकारी दिँदै उनले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरे । मन्त्री शर्माले भने, ‘ महंगा गाडी भित्राउने प्रतिस्पर्धालाई न्युनिकरण गरि स्वदेशी उत्पादन र उपयोगमा मद्दत गर्नका लागि पनि नेपालमै गाडी एसेम्बलिङ आवश्यक छ ।’ नेपालमै गाडी बनाउन र एसेम्बलिङ गर्नका लागि नीतिगत समस्या भएमा त्यसमा समेत परिवर्तन गर्ने प्रतिवद्धता समेत मन्त्री शर्माले जाहेर गरे । 
पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नुपर्ने बेला आएको भन्दै उनले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई न्यूनिकरण र विद्युतीय गाडीलाई प्रोत्साहन गर्न अब पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्ने तर्फ सबैले जोड दिनुपर्ने धारणा राखे 
हाल सरकारले आयातलाई प्रतिस्थापन गर्नको लागि धेरै काम गरिरहेको बताउँदै उनले यस्तो नीति अघि सार्नुपर्नेमा जोड दिए । ‘हामीले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा प्रतिबन्ध गर्न खोजेका होइनौं, आयातलाई प्रतिस्थापन गर्ने हाम्रो नीति हो, सरकारले कुनै पनि वस्तु तथा सेवामा प्रतिबन्ध गर्ने भन्ने विषय हुन्न, हामीले कसरी आयातको दरलाई न्यूनीकरण र प्रतिस्थापन गर्न सकिन्छ, त्यसमै रहेर नीति निर्माण गर्ने, नीति निर्माण गर्दा सरोकारवालाको सल्लाह तथा सुझाव पनि हामीलाई चाहिन्छ’ उनले भने ।
यसैगरि, उनले अहिले अटो बजारको योगदान राजश्वमा २५ रहेकोमा अब यसलाई बढाउँदै लैजानु पर्ने बताए । यसका लागि वातावरण सिर्जना गर्नमा सरकार तयार रहेको उनको भनाई छ । आफु अर्थशास्त्र जानेको मान्छे नभएपनि देशलाई कसरी आत्मनिर्भर बनाउनुपर्छ भन्ने विषयमा जानकारी भएको भन्दै उनले त्यसभन्दा बढी जान्नु आवश्यक पनि नभएको बताए । ‘अबका दिनमा आयातमा प्रतिबन्ध लगाउनु भन्दा पनि स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनेतर्फ केन्द्रित हुनु जरुरी भएको बताउँदै उनले नेपालमा सबै कुरा नबनेपनि सम्भावित बस्तुहरु उत्पादन गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए । 
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गरे ।
नेउवा महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका बरिष्ठ उपाध्यक्ष ढकालले सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आमजनतालाई लाभपुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष्य पनि हाँसिल हुने बताए ।
‘यो अटोमोबाइल सेक्टरको मात्र होइन, समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीतिनियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ,’यसका लागि राज्यले अग्रसरता लिनुपर्छ,’ उनले भने ।
यसैगरि, ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहलगर्नुपर्ने बताए । ‘अहिले मुलुकभित्र दुईपाँग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन्, यसको विस्तार सँगै चार पाँग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ,’ उनले भने ।
यस्तै, उनले बिजलुी भारतमा निर्यात शुरु भएको बताउँदै उनले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए । उनले सार्वजनिक सवारीलाई चुस्त बनाउने तर्फ सरकार र स्थानीयनिकायको ध्यानाकर्षण पनि गराए । सवारी साधन विलासिताको वस्तु मात्र नरहेको बताउँदै उनले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्वपूर्ण भएको बताए । विजुली भारतमा निर्यात शुरु भएको भन्दै उनले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताए । यसैगरि,उनले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गरे । 
सवारी साधन विलासिताको वस्तु मात्र नरहेको भन्दै उनले यस क्षेत्रले वार्षिक एकखर्ब भन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्वपूर्ण भएको बताए । उनले कोभिढ–१९ को महामारीबीच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताए ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गर्दै आएको कामले देशको अर्थतन्त्रमा ठूलो सहयोग पुगेको बताए । ‘अबको देश समृद्धिको एक मात्र आधारका लागि सरकारले सडक, पूर्वाधार विकासलगायत कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्दछ र जरुरी छ ’ उनले भने ।
सरकारले कोरोनाको समयमा कर्जाका लागि दिएको सहुलियत र ५० प्रतिशत छुटले राहत पुगेको बताउँदै उनले हाल काठमाडौ उपत्यकामा तीनकुने पुल र टेकुको पुलले समस्या भएको र सरकारलाई यसबारे पटक–पटक जानकारी गराउँदा पनि वेवास्ता गरेकाले सरकारको ध्यान जानुपर्नेमा जोड दिए । 

राजश्वको हिसाबले पनि अटो क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै उनले अबको हाम्रो लक्ष्य सडक बिस्तार र पूर्वाधारको विकासमा केन्द्रित हुनुपर्ने बताए । काठमाडौंको सडक बिस्तारमा भएको अधुरा कामलाई पूरा गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउँदै दुलालले विभिन्न खोला किनार तथा करीडोरका सडकहरुलाई पनि व्यवस्थित गरिनुपर्ने बताए । 
यस्ता पूर्वाधार समयमै सम्पन्न नहुँदा अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेटमा ल्याएको नेपालमा नै गाडीको एसेम्बल गरी नेपालमा गाडी उत्पादन गर्ने औद्योगिक निर्माणको कुरा कोसेढुङ्गा हुने अपेक्षा नाडाले गरेको उनले बताए । ‘सरकारले त्यस्ता उद्योगका लागि नीति र नियमले कुनै असर नगरोस् भन्ने आम व्यवसायीहरुको धारणा रहेको र यसमा विश्वस्त पनि रहेको बताउँदै दुलालले भने, ‘तर नेपाल राष्ट्र बैंकले सवारी साधनको रेटमा ५० प्रतिशतसम्म ग्याप लगाएको छ । यस्तो समयमा त्यो कतिको न्यायोचित छ, त्यसको मूल्यांकन गर्ने समय आएको छ ।’
यसैगरि, उनले भन्सारमा पारदर्शीता हुने खाल्को वातावरण बनाउनेतर्फ सरकार लाग्न समेत अर्थमन्त्रीलाई आग्रह गरे ।  नाडाले साधारण सभाको अवसरमा विगतका वर्षहरुमा जस्तै चारजना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । नाडाबाट नगद पुरस्कार सहित सम्मान हुनेमा प्रहरी निरीक्षक छविलाल ढकाल, भोलासिंह अधिकारी, बाबुराम नेपाल र प्रभात ढकाल रहेका छन । उनीहरुलाई अर्थमन्त्री शर्माले सम्मानपत्र प्रदान गरेका थिए ।  

बुधबार र बिहीबार काठमाडौको सोल्टी होटलमा जारी नाडाको ४५ औं साधारणसभासँगै हुने निर्वाचनबाट नाडाको आगामी दुई वर्षे कार्यकालकालागि नयाँ नेतृत्व चयन हुने छ । यस निर्वाचनमा नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न अहिले अध्यक्षका प्रत्यासी उम्मेदवारहरु अटोमोवाइल्स व्यवसायी करण चौधरी र धुर्बबहादुर थापाले भिन्दाभिन्दै समुह बनाएर उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन गत आइतबार नाडाको केन्द्रीय सचिवालय टेकुमा भौतिक रुपमा उपस्थित भई अध्यक्षका प्रत्यासी उम्मेदवार द्दोय सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र अर्का व्यवसायी फोर्स मोटरको पोखराको डिलर लिएर गाडिहरु बिक्री गर्दै आएका हिमालय अर्गनाइजेसनका अध्यक्ष धुर्बबहादुर थापाले औपचारिक रुपमा आ–आफ्नो समुहको उम्मेदवारी दर्ता गराएका हुन् । 
कुल ३२ सय मतदाता रहेको सो निर्वाचनकालागि अध्यक्षका प्रत्यासी चौधरी र थापाको भिन्दाभिन्दै समुहबाट कुल ३६ जनाको उम्मेदवारी दर्ता भएको नाडा निर्वाचन साितिले जनाएको छ । दुईजना अध्यक्षका प्रत्यासी सहित अन्य ३४ कार्यसमिति सदस्यमा अध्यक्ष चौधरीको समुहबाट उम्मेदवारी दर्ता गर्ने व्यवसायीहरूमा राजनबाबु श्रेष्ठ, सुनील रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, निलमणि पाठक (राम), प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योती, पंकज अग्रवाल, निशान ढकाल, वरदान बस्नेत, गंगाराज भट्टराई, राजेन्द्रकुमार अग्रवाल, वर्ण न्यौपाने, गोपाल भट्टराई र देवराज भण्डारी रहेका छन । 
यसैगरि, अर्का अध्यक्षका प्रत्यासी थापाको समुहबाट उम्मेदवारी दर्ता गराउने व्यवसायीहरुमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक कुमार अग्रवाल, कपिल सिवाकोटी शुभाषिश थपलिया, प्रदीपमान प्रधान, दिपककुमार खेतान, यमुना श्रेष्ठ, अमरज्योती र रञ्जित, भवनाथ पाठक (विएन पाठक), दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुषाल, रिद्दी कार्की, प्रकाश सिग्देल र सगुनवीर सिं कंसाकार रहेको नाडा निर्वाचन समितिले जनाएको छ । 
आगामी बिहीबार हुने निर्वाचनकालागि गत आइतबार उम्मेदवारीको अन्तिम नामावली प्रकाश गरेको नाडाले जनाएको छ । बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म मतदान हुने र त्यसपछि आउने मतपरिणामबाट नाडाको नयाँ नेतृत्व चयन हुने नाडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।