logo

नाडाका व्यवसायीलाई चुनाव लाग्यो, २२ र २३ मंसिरमा हुने निर्वाचनमा चौधरी र थापा समुह भिड्दै 

    890   पटक पढिएको

१९ मंसिर / अर्थ र व्यापार – आगामी नयाँ नेतृत्व चयन गर्ने साधारण सभा तथा निर्वाचनको मिति नजिकिएसँगै अहिले नेपालका अटोमोवाइल व्यवसायीलाई चुनावी चटारो बढेको छ । आगामी २२ र २३ मंसिरमा हुने निर्वाचनको दिन आउन अब तीन दिन मात्र बाँकी रहेकाले अहिले नाडा अध्यक्षका प्रत्यासी उम्मेदवारहरु करण चौधरी र धुर्ब थापाले भिन्दाभिन्दै समुह घोषणा गरेर चुवानी माहोल तताएका छन । चुनावी माहोल तताएर आ –आफ्नो पक्षमा मत ल्याउने प्रयासमा अहिले दुबै समुह जुटिरहेको छ ।
अटो व्यवसायीहरुको छाता संस्था नाडा एशोसियसन अफ नेपालको साधारणसभा तथा निर्वाचन यही २२ र २३ मंसिरमा हुँदै छ । नाडाको आगामी नेतृत्व आफ्नो पक्षमा पार्नका लागि अहिले प्रतिष्ठित व्यवसायिक घराना चौधरी समूहका सदस्य तथा सिजी मोटोकर्पका  कार्यकारी निर्देशक करण चौधरी र अर्का व्यवसायी धुर्व थापा बीच प्रतिस्पर्धा हुने छ । अध्यक्षका उम्मेदवार चौधरी नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने थापा पूर्व उपाध्यक्ष हुन् । 
यस निर्वाचनकालागि चौधरी समूह र थापा समूहले आ–आफ्ना पक्षमा मत ल्याउन मतदाता व्यवसायी फकाउन अनेक प्रयास गरिरहेका छन । 
यस निर्वाचनमा नाडा अध्यक्षका प्रत्यासी उम्मेदवार करण चौधरी युवा व्यवसायी हुन् । उनी कार्यकारी निर्देशक रहेको सिजी होल्डिङस , मोटोकर्पले नेपालमा सुजुकीका गाडिहरु बिक्री गर्दै आएको छ । नेपालमै गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा गल्फ लुब्रिकेन्ट उत्पादन गर्ने नेपाल ल्युब आयलको पनि उनी निर्देशक छन् । यसअघिको निर्वाचनपछि उपाध्यक्ष मनोनयन गरिएसँगै चौधरीलाई भावी अध्यक्षको रुपमा हेरिँदै आएको थियो । चौधरीले चार विषयमा स्नाकोत्तर गरेका छन् ।  
चौधरीको राम्रो गुण उनी राम्रो बोली व्यवहारका कारण सजिलै मान्छेलाई आफ्नो पक्षमा ल्याउन र उसको विश्वास जित्न सिपालु छन् । चौधरी समूहको सदस्य भएकाले उनमा फरक खालको संस्कार देखिन्छ ।  नाडा अध्यक्षका अर्का प्रत्यासी ध्रुव थापाले भने फोर्स मोटरको पोखराको डिलर लिएर गाडिहरु बिक्री गर्दै आएका छन् । उनी अध्यक्ष रहेको हिमालय अर्गनाइजेसन फोर्स मोटरको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिको पोखराको डिलर हो । पोखरामा सीमित भएर गाडि बिक्री गर्ने भएकाले उनले नाडाको केन्द्रीय नेतृत्वमा यसअघि प्रतिस्पर्धा गर्न पछि हटेका थिए । अहिले नाडाको आगामी नेतृत्व हत्याउन थापा मज्जाले लागेका छन । 
यसअघिको निर्वाचनमा वर्नमान अध्यक्ष तथा अध्यक्षका त्यतिबेलाका अर्का प्रत्यासी कृष्णप्रसाद दुलालले ‘आगामी निर्वाचनमा सहयोग गरौंला’ भनेर आश्वासन दिएपछि थापा पछि हटेका थिए । उनको सो निर्णयलाई कतिपयले आत्मबल कमजोर भएको व्यक्तिको रुपमा हेर्छन् भने कतिपयले सहमतिमा आउनसक्ने लचिलो व्यक्तिको रुपमा हेर्छन् । अर्कोतर्फ थापाको अटोमोवाइलमा भन्दा होटल, घरजग्गामा ठूलो लगानी छ । यद्यपि उनले त्यो क्षेत्रबाट आफ्नो नेतृत्व विकास गर्ने भन्दा पनि नाडालाई नै रोजेका छन् । पोखराको नेपाली काँग्रेसको राजनीतिमा समेत सक्रिय रहेका थापाले सानो लगानीबाट अहिले होटल र घरजग्गामा अबौंको लगानी जुटाउन सफल भएका छन् । यसैगरि, अध्यक्षका प्रत्यासी थापा लायन्स क्लबमा पनि सक्रिय छन् । लायन्स क्लबमा नाडाका धेरै सदस्य आवद्ध रहेकाले उनले क्लबकै सदस्यहरुले मात्रै सहयोग गरे पनि आफुले सजिलै यो निर्वाचन जित्ने दावी गर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।