२१ असोज / अर्थ र व्यापार – बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडादर बढाएको छ । प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधन (उपत्यका बाहेक)को हकमा २३ प्रतिशतले भाडा बढाएको हो । यातायात व्यवसायीको आन्दोलनपछि भाडा बढेको हो । बढाईएको नयाँ भाडादर आगामी १ कात्तिकबाट लागु हुने छ ।
यसैगरी, काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि भाडा बढेको छ । जसअनुसार ५ किलोमिटर दुरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दा बढी भएमा ३५ रुपैयाँ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले यस्तो जानकारि गराएको हो ।
तपाईको प्रतिक्रिया