logo

चिनियाँ कम्पनी चाङ्गन अटोग्रुपका गाडी अब नेपालमा 

    1081   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– चाङ्गन अटोग्रुपले नेपालस्थित एमएडब्ल्यु वृद्धि अटोकर्पसँगको व्यापारिक साझेदारीमा नेपालमा आफ्नो उत्पादनहरूको बिक्री–वितरण गर्ने भएको छ ।  

नेपालमा पहिलो चरणमा चाङ्गन अटोको सेडान, पिकअप र एसयुभी सार्वजनिक हुनेछ । त्यस्तै दोस्रो चरणमा भने विद्युतीय गाडीहरू नेपाली बजारमा सार्वजनिक हुनेछ ।

चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू सन् २०२१ मा चीनमा सबैभन्दा बढी बिक्री भएको गाडी हो । सन् २०२० मा यो ब्रान्डको २० लाख वटा गाडी विश्वका ६० मुलुकमा बिक्री भएको थियो ।

नेपालमा एमएडब्ल्यु स्कोडा,  जिप,  जेसिबी, यामाहा, फोटोन र एमएएन ब्रान्डका उत्पादनहरूको आधिकारिक वितरक हो । यी ब्रान्डले बजारमा राम्रो प्रतिक्रिया पाएको छ । 

एमएडब्ल्युका अध्यक्ष विष्णु अग्रवालले भविष्यमा चाङ्गन ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ गति लिन मद्दत पुर्याउने बताए । त्यस्तै कम्पनीले चाङ्गन गाडीको ग्राहकहरूमा उत्कृष्ट सेवा र सुविधा प्रदान गर्नेमा विश्वस्त रहेको बताए ।

चाङ्गन अटो ग्रुपका उप–महाप्रबन्धक देङ्गले चाङ्गन ब्रान्डले ग्राहको बदलिदो आवश्यकतालाई ध्यानमा राख्दै गाडीहरू भित्र्याउने बताएका छन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।