logo

सवारी लाइसेन्सको ट्रायल खुलाउने यातायातको तयारी, सुधारिएको नयाँ व्यवस्था लागु हुने

    1065   पटक पढिएको


१७ साउन/अर्थ र व्यापार– यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी गरेको छ । विभागले साउनको अन्तिम साताबाट सवारी लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले मातहतका कार्यालयहरुसँग आगामी साउन २४ गते छलफल गरेपछि ट्रायल खुलाउने योजना रहेको बताएका छन् । घिमिरेले निषेधाज्ञा पूरै नहटे पनि ट्रायल खुलाउन साउन अन्तिम साता सूचना जारी गरीने जानकारी दिए ।

हाल गाडी चलाउने लाइसेन्स लिन अनलाइन आवेदन दिएर करिब ५ लाख सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा छन् । ट्रायल खुल्ने टुंगो लागेपछि पुनः अनलाइन आवेदन खुलाउने तयारीमा विभाग रहेको छ । 

विभागले ट्रायल परीक्षा सञ्चालनका यसअघि कार्यालयहरुलाई कोटा तोकिदिने गरेकोमा अब कुनै कोटा नतोकि कार्यालयहरुले जति सक्छन्, त्यही अनुसार परिक्ष सञ्चालन गर्न सक्ने व्यवस्था गरिने भएको छ ।

महानिर्देशक घिमिरेले यसअघि शतप्रतिशत अंक ल्याए मात्रै पास हुने प्रणालीलाई सहज बनाउदै ७० प्रतिशत मात्रै अंक ल्याए पनि पास हुने व्यवस्था लागु गरिने बताए ।

सुधारिएको प्रणाली अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।