logo

जनकपुर–जयनगर रेल्वेको प्रतिघण्टा १२० किलोमिटरको गतिमा गरियो ‘ट्रयाक स्पिड’ परीक्षण

कहिले आउछ सञ्चालनमा ?

    1063   पटक पढिएको


३ साउन/अर्थ र व्यापार– सरकारले रेल खरिद गरेको करिब एक वर्षपछि जनकपुर–जयनगर रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेसन’ जाँच गरिएको छ ।

भारतको इस्ट–सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ रेलले जयनगरदेखि कुर्थासम्म प्रतिघण्टा १२० किलोमिटरको गतिमा ‘ट्रयाक स्पिड’ परीक्षण गरेको हो ।

हाल जनकपुर–जयनगर–कुर्थासम्म ३४ किलोमिटरमा सञ्चालन हुने यो रेलको एक हजार ३०० सिट क्षमता रहेको छ । सरकारको महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म रेल चलाउने योजना छ । 

नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कोंकण रेलवे कर्पोरेशनसँग सम्झौता गरेको थियो । गत असोजमा नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरिएको थियो । रेल संचालनका लागि भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेशनलाई करिब ३५ करोड रुपैयाँमा जिम्मा दिइएको छ ।

रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले रेल संचालनका लागि पूर्वाधार, कानुन, ट्रेन सेट, स्ट्याण्डर्ड अपरेटिङ सिस्टम निर्धारण इत्यादि तयारी नपुगेकाले रेल संचालनमा आउनका लागि केही समय लाग्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।