logo

बढ्दो ‘होमस्टे हब’ का कारण लमजुङ पर्यटकहरुको आकर्षण केन्द्र बन्दै

    2680   पटक पढिएको

११ भदौ / अर्थ र व्यापार – लमजुङ जिल्लाका ग्रामीण क्षेत्रमा खुलेका होमस्टेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ । गाउँमा स्थानीय परिकार कला संस्कृति, प्राकृतिक सौन्दर्य र स्वागत सत्कारले पर्यटक लोभिन थालेसँगै होमस्टेमा चहलपहल बढेको हो । लमजुङमा पछिल्लो समय होमस्टेका लागि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको तामाङगाउँ हो ।

घुमफिरमा आन्तरिक पर्यटकले ग्रामीण क्षेत्रका होमस्टे रोज्न थालेपछि गाउँमा आकर्षण ह्वात्तै बढेको हो । घलेगाउँँबाट सुरु भएको सामूहिक एकता अहिले अन्य गुरुङ गाउँमा पनि फैलिएको छ । समूह–समूह हुँदै पछिल्लो समय स्थानीयले गाउँमा पर्यटन प्रवद्र्धन गर्ने–गराउन छुट्टै समितिसमेत स्थापना गरेका छन् । अहिले लमजुङका प्रायः गुरुङ गाउँमा पर्यटन समिति गठन गरिएको छ ।

०५७ मा पहिलोपटक महोत्सव आयोजना गर्न सफल घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटन अवधारणा पछिल्लो समय अन्य समुदायका गाउँसम्म पुगेको छ । घलेगाउँ, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनास मोहोरियाकोट हुँदै पछिल्लो समय तार्कु पुरानकोट, गाउँसहर, इलमपोखरी, नाल्मा, छापा, मिप्रा, भुष्मेलगायत गाउँमा ग्रामीण पर्यटन विस्तार भएको छ । कला, संस्कार, संस्कृति र रहनसहनसँगै लमजुङका विभिन्न ठाउँमा होमस्टेको व्यापार बढ्दै गएको छ ।

अहिले विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गाउँका रूपमा विकसित भइसकेका छन् । तर, सबै पर्यटकीय स्थलमा खोलिएका होमस्टे गुरुङ गाउँमा मात्र छैनन् । ग्रामीण पर्यटनको अवधारणाको सुरुवात भने गुरुङ गाउँबाटै भएको हो । ती ठाउँका बासिन्दाले  अहिले पनि पर्यटन समिति गठन गरी होमस्टेमा पर्यटक भित्र्याइरहेका छन् । विशेषगरी डा. हर्क पिक, लमजुङ, अन्नपूर्ण र मनास्लु हिमाललाई नियाल्न सकिने र गाउँबाट मस्र्याङ्दी, खुदी, मिदिमलगायत नदीनाला देखिने हुँदा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको हो ।

लमजुङमा खुलेका होमस्टेमा प्रायः गुरुङ जातिको बाहुल्य छ । तर, पछिल्लो समय गुरुङ जातिसँगै अन्य समुदाय पनि होमस्टेमा आकर्षित हुन थालेका छन् । पछिल्लो समय भुलभुलेमा निर्माण भएको तामाङ ‘होमस्टे’ले पनि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन थालिसकेको छ । आलुखेतीमा प्रसिद्ध भुष्मे गाउँमा तामाङ होमस्टे सञ्चालन गर्ने स्थानीयको प्रयास सफल भएको छ । तामाङ बस्तीमा कृषि पर्यटन अवधारणाका कारण पनि बाह्य तथा आन्तरिक पर्यटक आकर्षित भइरहेका छन् ।

भुष्मेगाउँको अलैँचीखेती र आलुखेती त्यहाँको प्रमुख आकर्षण हो । तामाङ कला, संस्कृति गाउँलेको स्वागत सत्कारले पनि पर्यटकलाई लोभ्याइरहेको छ । करिब ५५ घरधुरी रहेको गाउँमा सुरुमा ५ घरबाट होमस्टे सञ्चालन गरिएको थियो ।
गुरुङ समुदायले मात्रै धान्दै आएको होमस्टे सेवामा जिल्लाका तामाङ समुदायले पनि साथ दिन थालेको छ । होमस्टेका लागि नारायण तामाङ, धनसिंह तामाङ, होमरास तामाङ, सुविता तामाङलगायतको घर तयार पारिएको छ । लमजुङमा अब गुरुङ, मगर, नेवार र तामाङ समुदायले पाहुनालाई होमस्टे सेवा दिन थालिसकेको छ ।

करिब एक हजार पाँच सय मिटर उचाइमा रहेको भुष्मेगाउँमा खोलिएका होमस्टेमा अर्गा्निक उत्पादन कोदाको ढिँडो, लोकल कुखुरा, गुन्द्रुक भट्टको अचार, सिस्नुको खोले, आलु, च्याउ, टुसा, कुरिलो, वनतरुल, दूध, दही पर्यटकलाई सत्कारका रूपमा खुवाइने छ । प्राकृतिक हिसाबले भुष्मे अन्य गाउँभन्दा कम छैन । यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायतका हिमशृंखला देख्न सकिने हुँदा पर्यटकको आकर्षण बनेको हो ।

गाउँबाट घलेगाउँ, घनपोखरालगायतका पर्यटकीय गाउँ देख्न सकिन्छ । भुष्मेमा तामाङ होमस्टे सञ्चालन गरी गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मिलिजुली आमा समूह र लोकप्रिय युवा क्लब लागिपरेका छन् । गाउँमा आउने पर्यटकलाई आमा समूहकै नेतृत्वमा स्वागत सत्कार गरिन्छ । ढुंगा बिछ्याइएका गाउँघरका गल्ली, फरक–फरक शैलीमा निर्माण गरिएका घर, प्रशस्त मात्रामा रहेको खेतीयोग्य भूमि अनि त्यहीँ उत्पादन हुने स्थानीय खाद्य पदार्थले भुष्मे पुग्ने जोकसैको मन पनि लोभ्याउने छ ।

सदरमुकाम बेँसीसहरनजिकै रहेको खासुरमा पनि ग्रामीण पर्यटन प्रवद्र्धनको अवधारणा भित्रिएको छ । त्यस्तै सार्क राष्ट्रकै नमुना घलेगाउँमा ३० घरमा होमस्टे सञ्चालन गरिएको छ । जसमा २ घर दलित समुदायले होमस्टे सञ्चालन गरेका छन् । ०७३ देखि छविलाल विक र उमल विकले होमस्टे सञ्चालन गरेका हुन् ।

समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटरको उचाइमा रहेको भुजुङ पर्यटकीय हिसाबले अगाडि छ । अहिले २५ घरमा होमस्टे रखिएका छन् भने आधा दर्जन होटेल सञ्चालनमा छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २ वर्षअघि महोत्सव आयोजना गरिएको थियो । समय–समयमा लाग्ने मेला र पर्वले भुजुङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको छ । समुद्री सतहदेखि १६ सय ८० मिटर उचाइमा रहेको सिउरुङमा आमा समूह तथा युवा समूह होमस्टे प्रवद्र्धनमा सक्रिय हुँदै आएका छन् ।
पर्यटन प्रवद्र्धनका लागि सिउरुङका बासिन्दाले ०६२ देखि महोत्सव सञ्चालन गर्दै आएका छन् । सोहीकारण पर्यटन प्रवद्र्धनमा टेवा पुगेको हो । सिउरुङमा १५ घर होमस्टे रहेका छन् ।

धैरै समूहमा आउने पर्यटकलाई स्थानीय आमा समूहले सामुदायिक भवनमै राख्ने गर्छन् । सिउरुङ नजिकैको हर्सिङडाँडा पछिल्लो समय पर्यटकका लागि अर्को गन्तव्य बनेको छ । खानेपानी, तातो र चिसोपानीले नुहाउने व्यवस्था, भ्यु प्वाइन्टलगायत सुविधा छन् भने होमस्टे व्यवस्था छ । विशेषगरी प्राकृतिक छटा र स्थानीयको कला संस्कृति हेर्न पर्यटक ती ठाउँ पुग्ने गर्छन् । विश्वविख्यात अन्नपूर्ण पदमार्गमा जाने विदेशी तथा स्वदेशी पर्यटक यही स्थान हुँदै जाने गरेका छन् । यसले गर्दा ग्रामीण पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीयको जनजीवनमा समेत सकारात्मक परिवर्तन आएको छ । पछिल्लो समय होमस्टेले स्थानीयको जीवनस्तर उकास्नसमेत सहयोग पुगेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।