logo

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन

    531   पटक पढिएको


४ कात्तिक/अर्थ र व्यापार – पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधन भएको छ । डेंगीबाट संक्रमित मिश्रको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ७१ वर्षको उमेरमा निधन भएको हो ।
मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा डोर्याउँदै आएका मिश्रको डेंगी र ब्रेन ह्याम्रेजका कारण उपचारको क्रममा निधन भएको हो । चार दशकयता मुलुकको पर्यटन क्षेत्रमा उच्च गुणस्तरीय पर्यटक भित्राउन महत्वपूर्ण भूमिका खेल्दै आएका मिश्र सदाका लागि बिदा भए ।
डेंगीबाट संक्रमित मिश्रको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको छ । परिवारले जानकारी गराए अनुसार १ बजे नै आर्यघाट पु¥याइने छ ।
पर्यटन व्यवसायी वसन्त मिश्र नेपालको एक पुराना व्यवसायी हुन् । उनले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएका छन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय थिए । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन मिश्रले निकै महत्वपूर्ण भूमिका खेलेका छन् ।
वसन्त मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका पनि एक पुराना व्यवसायी हुन् । उनले नेपालमा पर्यटनको प्रर्वधनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गरेका थिए ।
वसन्त मिश्रलाई नेपालमा दिगो पर्यटनको पक्षपाती मानिन्छ, र उनले पर्यावरण संरक्षण र स्थानीय समुदायको उत्थानमा जोड दिने प्रकारको पर्यटनलाई प्राथमिकता दिएका छन् ।
पाटा, नेपाल एसोसिएसन अफ टुर अपरेटर ( नाटो) , नेपाल पर्यटन बोर्ड, पाटा नेपाल लगायतका संस्थामा स्थापनाकालदेखि नै मिश्रले योगदान दिँदै आएका थिए । उनका एक पत्नी र दुई छोरा छन्।
मिश्रको टेम्पल टाइगर जंगल लज नेपालको वन्यजन्तु पर्यटनको प्रतीक बनेको थियो । त्यहाँ पर्यटकले आरामदायी वातावरणमा बसेर जंगली जनावरहरूको प्राकृतिक वासस्थान नजिकैबाट अनुभव गर्न पाउँथे । वसन्तले पर्यटन र प्रकृति संरक्षण एकअर्काका परिपूरक हुन्, मित्र हुन् भनेर सिकाएर गए । उनै मिश्रको प्रभाव केवल व्यवसायमा मात्र सीमित थिएन। उनले स्थानीय समुदायलाई पर्यटनमा संलग्न गराएर रोजगारीका अवसरहरू सिर्जना गरेका थिए ।
चितवनको सौराहास्थित निकुञ्जभित्रका रिसोर्टहरू बन्द गर्ने सरकारी निर्णयले मिश्रलाई ठूलो धक्का दिएको थियो । सौराहाको व्यवसाय चम्काउन त्यहाँका केही स्थानीयले निकुञ्जको रिसोर्ट हटाउने अभियान चलाएका थिए । तर, अहिलेसम्म सो निकुञ्जभित्रका पुराना नेपाल चिनाउने राम्रा होटल तथा रिसोर्ट बन्द भइरहँदा सौराहाको पर्यटन गतिविधी नै रोकिएको जस्तो देखिएको सम्बन्धीत पर्यटन व्यवसायी एवं उनका सहकर्मीहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।