logo

निगमलाई निजीकरण गर्न प्रस्ताव,अहिलेको व्यवस्थापनबाट सुधार संभव नभएको सांसद्हरुको भनाई

    738   पटक पढिएको


१३ भदौ/अर्थ र व्यापार – सत्तारुढ दलबाट नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको छ । विमान चलाउन नसकेर आर्थिक अवस्था निक्कै बिग्रिएको भन्दै मुलुकको राष्ट्रिय ध्वजाबहाक निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको हो।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहिबार बसेको बैठकमा केही सांसदहरुले निजीकरण नै निगम सुधारको एकमात्र उपाय भएको बताएका छन ।
एमाले सांसद देवीप्रकाश भट्टचन र राप्रपाका पशुपतिशमशेर जबराले निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीको विमान ग्राउण्डेड भएको कहिल्यै सुन्नु नपर्ने तर, निगमको एउटै विमान पाँच महिनासम्म किन मर्मत सम्भार हुन सक्दैन भनेर प्रश्न गरे।
‘हिमालयन एरलाइन्समा समस्या आएको कहिले सुन्नु भएको छ? त्यसैले निगम पनि निजी क्षेत्रलाई पो दिने हो कि,’ सांसद भट्टचनले भने,‘निगमको समस्या तपाइँ हामी सबैलाई थाहा छ । अहिलेकै अवस्थामा निगममा सुधार सम्भव देखिंदैन। संधै मिटिङ बोलाउने र प्रश्न सोध्ने गरेर निचोडमा पुगिंदैन। उहाँहरुले के जवाफ दिनु हुन्छ भन्ने पनि हामीलाई थाहा छ। त्यसैले निगमलाई निजीकरण गर्नेबारेमा सोचौं।’
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहिबार बसेको बैठकमा राप्रपाका सांसद पशुपतिशमशेर जबराले निगमलाई निजीकरण गर्न ढिलाइ गर्न नहुने बताए । ‘अन्तर्राष्ट्रिय उडानभर्ने तीन÷तीनवटा विमान ग्राउण्डेड छन् । एउटा जहाजले कतिवटा गन्तव्यमा उडान भर्ने?,’ उनले प्रश्न गरे, ‘अहिलेको व्यवस्थापनबाट निगममा सुधार नहुने पक्का छ । सरकारले विमान थप्नका लागि पैसा दिन पनि सक्दैन। विमान थपेर अहिलेको व्यवस्थापनले चलाउने ल्याकत नराख्ने कुरा प्रष्ट भइसकेको छ । त्यसैले चलाउने जिम्मा निजी क्षेत्रलाई दिऔं।’ जबराले निजीकरण गरे अहिलेको समस्याको हल हुने दाबी गरे।
‘निजीकरण गरे पुँजीको समस्या हुँदैन। व्यवस्थापन पनि चुस्त हुन्छ। व्यापारका लागि नयाँ नयाँ गन्तव्य खोज्छ,’ उनले भने, ‘हाम्रो भन्दा ठूलो मुलुक भारतले निजीकरण गर्न हुन्छ भने हाम्रोमा किन हुँदैन?’
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी र २ वटा न्यारोबडी विमान रहेकामा अहिले एउटा न्यारोबडीबाहेक सबै ग्राउण्डेड छन्। जसका कारण निगमले दैनिक १० करोड रुपैयाँभन्दा बढीको व्यापार गुमाइरहेको छ । एउटा वाइडबडी विमान एक महिनाभित्र सि चेक गर्ने भनेर २ महिनाअघि इटाली पठाइएकामा फर्किने मिति अझै टुंगो लागेको छैन । अर्को वाइडबडी विमान पनि सि चेकका लागि गएराति इटाली नै पठाइएको छ। त्यस्तै एउटा न्यारोबडी विमान बिग्रिएका कारण त्रिभुवन विमानस्थलमा ग्राउण्डेड छ।
पूर्व पर्यटनमन्त्री हितबहादुर तामाङले सि–चेकका लागि २ महिना भन्दा बढी समय लगाउनु स्वाभाविक नभएको बताए । ‘एक महिनामा सि चेक गर्ने भनेर पठाइएको विमान २ महिनामा पनि नबन्नु शंकास्पद छ,’ उनले भने, ‘निजी कम्पनीले बिग्रिनेवित्तिकै बनाइरहेका छन्। तर, निगमको हालत यस्तो छ । त्यसैले निगमको राम्रैसँग अप्रेसन गर्न आवश्यक छ।’
यसैगरी, एमाले सांसद सुनिता बराल र दामोदर पौडेल बैरागीले निगमका अध्यक्ष युवराज अधिकारीलाई विमान किन राम्रोसँग चलाउन नसकेको भनी प्रश्न गरेका थिए । सो प्रश्नमा अधिकारीले चित्तबुझ्दो जवाफ नदिएको सो समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।