logo

टानको कार्यसमिति सदस्यमा शृष्टि भण्डारीको उम्मेदवारी,उत्साही पदयात्री र पर्वतारोहीको रुपमा परिचित

    821   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार- आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा शृष्टि भण्डारीले सागर पाण्डे समुहवाट कार्यसमिति सदस्य –महिला) तर्फ उम्मेद्वारी दिएकी छन । उनी स्नोई होराइजन ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा. लि. को सञ्चालक हुन ।

नेपालको पर्वतीय पर्यटनमा प्रभावकारी रूपमा आफ्ना अभिभावकको विरासत र व्यवसाय सम्हाल्ने युवा कमै भेटिन्छन्, त्यसमा पनि महिलाको संख्या त झनै कम छ । आफ्नो वुवाको पर्वतिय पर्यटन पेशालाई शृष्टिले भने सम्हालेकि मात्र छैनन, थप योजनाका साथ काम गरिरहेकी छिन ।

नेपाल पर्वतारोहण संघ अन्तर्गतको चुली तथा आठ हजारी हिमाल आरोहण व्यवस्थापनमा अग्रपङ्क्तिमा आउने प्रतिष्ठित कम्पनीको नाम हो– स्नोई होराइजन ट्रेक्स एन्ड एक्सिपिडिसन । यसलाई उनका वुवा बोधराज भण्डारीले सन् २००९ मा स्थापना गरेका थिए । सिभिल इन्जिनियरिङमा स्नातक तहको अध्ययन गर्दा गर्दै बुवाको विरासतलाई काँध थापेकी थिईन, शृष्टिले । सन् २०१६ देखि पर्वतीय पर्यटनमा सक्रिय रुपमा लागेकी उनी हाल युवा पर्यटन व्यवसायीको रुपमा स्थापित भईसकेकी छिन ।

पर्वतीय पर्यटनमा आफूलाई समर्पण गर्नु सहज भने पक्कै छैन । तर बुवाको सङ्घर्षमयी विरासतलाई काँध हालेर पर्वतारोहण व्यवसायजस्तो चुनौतिपूर्ण व्यवसायलाई स्विकार्नु शृष्टिको साहसिक काम हो । स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश समेत उनले दिएकी छिन ।

स्नोई होराइजन ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा. लि. को साझेदार समेत रहेकी शृष्टिले पर्यटन सम्बन्धी थुप्रै तालिम, सेमिनार, गोष्ठीमा भाग लिनुका साथै पथप्रदर्शक तालिम पनि लिएकी छिन् । विभिन्न अन्तर्राष्ट्रिय मेलाहरूमा समेत आफ्नो कम्पनीको तर्फवाट प्रतिनिधित्व गरेकी छिन् ।

उनी एउटा कम्पनीको सञ्चालक मात्र होइनन्, आफैँमा एउटा उत्साही पदयात्री र पर्वतारोही पनि हुन् । उनको अभिरुचि साहसिक गतिविधिमा छ । उनले सिकलेस ट्रेक लगायत अन्नपूर्ण क्षेत्रका गन्तव्यहरू र सगरमाथा आधार शिविरलगायत विभिन्न प्रख्यात पदयात्रा मार्गहरूमा विदेशी पदयात्रा टोलीको सफलतापूर्वक नेतृत्व गरिसकेकी छिन् । उनले गत साल २०२३ अक्टोबर २६ मा खुम्बुको वरुण क्षेत्रमा रहेको टे«किङ पिकहरूमध्येको सबैभन्दा अग्लो एवं प्रसिद्ध चुली मेरा पिक (६,४७६ मि.) को सफल आरोहण गरेकी छिन् । उनका लागि यो आरोहण एउटा महत्वपूर्ण कोसेढुङ्गा थियो । यो उपलब्धिले उनको विशेषज्ञता र दृढ सङ्कल्पलाई मात्र होइन, हिमाली पर्यटन क्षेत्रमा उनको विश्वसनीयता र प्रभावलाई पनि बढाएको उनी वताउँछिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।