logo

‘पर्यटन दशक २०२३–२०३२’ को अवधारणाबारे सरोकारवालासँग छलफल

अवधारणा परिमार्जन गरी अघि बढ्ने सुझाव

    444   पटक पढिएको

 

२० असार/अर्थ र व्यापार – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि सार्वजनिक गरेको पर्यटन दशक (२०२३–२०३२) अवधारणाका विषयमा मन्त्रालय र नेपाल पर्यटन बोर्डले सरोकारवालासँग छलफल गरी सुझाव लिएको छ ।
नेपाल पर्यटन बोर्डमा भएको छलफल कार्यक्रमा निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले पर्यटन दशकको अवधारणा राम्रो भए पनि बददिँदो समयअनुरूप यसलाई परिमार्जन गरेर लैजाँदा उपर्युक्त हुने सुझाव दिएका छन् ।
उनीहरूले पर्यटनलाई चलायमान बनाउन यस्ता कार्यक्रम आवश्यक भए पनि नीतिगत सुधार तथा पूर्वाधारको विकासलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् ।
कोरोना विश्व महामारीले थलिएको पर्यटनलाई पुनः लयमा फर्काउन क्रमिक रूपमा केही गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले २०७९ सालमा पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेर कार्ययोजना निर्माण गर्न लगाएको थियो । सो कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरी ७ पुस २०७९ सालमा आफ्नो प्रतिवेदन बुझाएका थिए ।
पर्यटन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेले तयार भएको अवधारणालाई कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने सरोकारवालाको सझाव लिन छलफल कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले सरकार निजी क्षेत्रको सहकार्यले मात्रै पर्यटन चलायमान बनाउन सकिनेसमेत बताए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटनलाई चलायमान बनाउन केही गर्नुपर्ने अवस्थामा मन्त्रालयमा रहेको अवधारणमाथि निजी क्षेत्रको सुझावले मार्ग प्रशस्त गर्ने बताए ।
मन्त्रालयका सहसचिव इन्दु घिमिरेले यो कार्यक्रम फलदायी भएको बताउँदै निजी क्षेत्रको सुझावका आधारमा अवधारणा परिमार्जन गरिने जानकारी दिइन् । नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख दीपकराज जोशीले नयाँ सन्र्दभमा कार्यक्रमलाई परिमार्जन गरेर जाँदा फदायी हुने सुझाव दिए ।
सो कार्यक्रममा पर्यटन बोर्डका सञ्चालक समितिका सदस्य ऋषि भण्डारी, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य दीपक महत, पम्फा धमला, घनेन्द्र श्रेष्ठ, होटल संघ नेपालका अध्यक्ष विनायक शाह, नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, नाराका अध्यक्ष शिव अधिकारी, स्कलका अध्यक्ष महेन्द्रराज पाण्डे, रेवानका अध्यक्ष संघर्ष विष्ट, पर्यटन व्यवसायी नरेन्द्र भट्ट, पर्यटनविज्ञ शिवप्रसाद जैशीले बदलिँदो परिवेशअनुसार पर्यटन दशकको कार्यक्रमलाई परिमार्जन गरेर लैजान आग्रह गरेका थिए ।
सो कार्ययोजनाको खाका प्रस्तुत गर्दै पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेनले देशैभरि बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन २०२४ अन्तसम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने, त्यसपछि पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी सन् २०३२ सम्ममा संख्या ३५ लाख पु¥याउने र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कार्ययोजना निर्माण गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।