logo

पाटा–नेपाल च्याप्टरको अध्यक्षमा लकाई

    894   पटक पढिएको


२७ जेठ/अर्थ र व्यापार – प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरमा खेमराज लकाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । पाटा नेपाल च्याप्टरको काठमाडौमा सम्पन्न ४५औं वार्षिक साधारणसभाले ग्लोबल एकेडेमी अफ टुरिज्मका प्रमुख कार्यकारी अधिकृत लकाईको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष लकाईले नयाँ जिम्मेवारी साथ च्याप्टर प्रवेश गरेको भन्दै संस्थाको गरिमा थप माथी बनाउँदै पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाको सहकार्यमा प्रर्वधनात्मक काममा सक्रिय हुने बताए ।
नवनियुक्त अध्यक्ष लकाईले सम्पूर्ण पर्यटन सम्बद्ध संघसंस्था र सरोकारवालालाई पर्यटनका माध्यमबाट देश विकास र समृद्धिको साझा सपना साकार पार्न एकजुट भई लाग्न आग्रह गरे ।
यसैगरी, पाटा नेपाल च्याप्टरको महासचिवमा नरेन्द्रदेव भट्ट र कोषाध्यक्षमा रितल राणा चयन भएका छन् । कार्यकारी सदस्यमा लाक्पाफुटी शेर्पा, रुपेश जोशी, विनोद अधिकारी, सुनिलबहादुर भट्टराई, हिम्मत पुरी, सरिता लामा, तेन्जिङप्याङ लामा, डा. स्मृतिकला पन्त, प्रकाशचन्द्र लोहनी, सुमन घिमिरे र इमु रेग्मी चयन भएका छन् ।
साधारणसभामा च्याप्टरले वरिष्ठ पर्यटन तथा होटल व्यवसायीहरू द्वारिकाज होटलका संस्थापक अम्बिका श्रेष्ठ र होटल सांग्रिलाका संस्थापक श्यामबहादुर पाण्डेलाई ‘पाटा लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको थियो ।
त्यसैगरी, यती ग्रुपका अध्यक्ष ल्हाक्पासोनाम शेर्पालाई ‘टुरिज्म ट्रेलब्लेजर अवार्ड २०२४’, एक्सप्लोर नेपालका संस्थापक भरत बस्नेतलाई ‘पाटा पर्सनालिटी अफ द इयर २०२४’, हेरिटेज टुर्स एन्ड ट्राभल्सका संस्थापक नरेन्द्रदेव भट्टलाई ‘पाटा स्पेसल कन्ट्रिब्युसन अवार्ड २०२४’ बाट सम्मानित गरिएको थियो ।
यस्तै इटहरीको प्रिमियर होटल स्कुल ‘पाटा बेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर २०२३’ प्रदान गरियो । जर्मनीस्थित मिनिङफुल टुरिज्म सेन्टरका संस्थापक प्रा.डा. वोल्फगाङ जर्ज अर्ल्टले पाटा नेपाल–च्याप्टरले आयोजना गरेको ‘एक्सपर्ट मिट’ को निष्कर्ष सार्वजनिक गर्दै कम्युनिटी होमस्टे नेटवर्क, टाइगर माउन्टेन, पोखरा लज र केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्ट्सलाई ‘मिनिङफुल टुरिज्म गोल्ड अवार्ड’ प्रदान गरेका थिए ।
त्यस्तै, उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई ‘मिनिङफुल टुरिज्म रजत अवार्ड’ तथा नेपाल वायुसेवा निगम र होटल हिमालयलाई ‘मिनिङफुल टुरिज्म कास्य अवार्ड’ प्रदान गरे । साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सन् २०२४ मा १६ लाख पर्यटक भित्राउने सरकारको लक्ष्य साझा गर्दै पर्यटक आगमन बढावा दिन निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा नयाँ र सिर्जनशील पर्यटन उत्पादन प्रवद्र्धन गर्न आग्रह गरे ।
च्याप्टरका निवर्तमान अध्यक्ष विभूतिचन्द ठाकुरले देशको दिगो पर्यटन विकास र विस्तारका लागि एकजुट भएर लाग्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।