logo

अझै नेपाल ईयूको कालो सूचीबाट हटेन

    930   पटक पढिएको


२६ जेठ/अर्थ र व्यापार – अझै नेपाल युरोपियन यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’बाट हट्न सकेन । पछिल्लो समय पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण ईयुको कालो सूचिबाट हट्न असफल भएको हो ।
युनियनको अंग्रेजी महिना मे मा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा पुनः राखेको छ । वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ । सो बैठकले मात्र यो सूची संसोधन गर्ने काम गर्छ ।
सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ । ईयूले गत बुधबार (७ जुनमा ) यस्तो सूची अपडेट गरी सार्वजनिक गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यस पटक पनि नेपाल हवाई सुरक्षा कालोसूचीबाट हट्न नसक्नुमा गत १ माघमा पोखरामा भएको यती एयरलाइन्सको आन्तरिक विमान दुर्घटना मुख्य कारण नै भएको बताए । ‘ईयूले यसै फेब्रुअरीमा नेपालको अनसाइट भिजिट (स्थलगत भ्रमण) गर्न चाहेको थियो,’ उनले भने, ‘तर पोखरा दुर्घटना लगत्तै सो मिसन नेपाल आउने कार्यक्रम रद्द भयो, त्यसकारण तत्कालका लागि यो सूचीबाट नेपाल उम्कन सक्ने वातावरण बनेन ।’
यतिको विमान पोखरामा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । यो नेपालको आकास भित्र भएको आन्तरिक उडानको सबैभन्दा ठूलो दुर्घटना थियो ।
पोखरा दुर्घटनालगत्तै नेपालका लागि युरोपेली युनियनका राजदूत र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयुको अनसाइट भिजिट स्थगित भएको र दुई पक्षीय सहयोग भने जारी रहने उल्लेख गरेका थिए ।

प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार प्राधिकरणले ईयूसँग अहिलेपनि छलफल भने जारी राखेको छ । आगामी सेप्टेम्बरसम्म अनसाइट भिजिट गराउने तयारी रहेको समेत उनले जानकारी दिए । त्यसो भएमा आगामी नोभेम्बरमा बस्ने ईयू सुरक्षा काउन्सिलको बैठकमा नेपालबारे सिफारिस हुन सक्ने उनको भनाइ छ ।
नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा छ । यूरोपेली यूनियन मातहतको एभिएशन सेफ्टी एजेन्सी (आयसा)’ले अक्टोबर २०२२ मा एक मिसन नेपाल पठाएर हवाई सुरक्षाबारे अध्ययन गरेको थियो । सो मिसनपछि अर्को मिसन नेपाल पठाएर अध्ययन गर्ने तयारी पुरा नहुँदै पोखरा दुर्घटना भएको हो ।

कालो सूची लामो समयसम्म रहँदा वायुसेवा कम्पनीहरुले नेपाल र यूरोपमा सिधा उडान भर्न पाएका छैनन् । यसको मारमा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स समेत रहेको छ ।
ईयूसहित हवाईसँग सम्बन्धित अन्तर्राष्ट्रिय नियामक निकायको चासो नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वयत्तताका विषयमा समेत रहेको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिरकणलाई नियामक र सेवा प्रदायक संस्थाका रुपमा नटुक्राएसम्म स्वार्थको द्धन्द्ध हुने र यसले हवाई सुरक्षामा ‘कम्प्रमाइज’ हुने ती निकायले बताउँदै आएका छन् । तर, प्राधिकरणको वर्तमान नेतृत्व भने यसमा उदार छैन । यसमा कर्मचारीहरुले समेत अवरोध गर्दै आएका छन् ।

ईयूको चित्त बुझाउन प्राधिकरणले कर्मचारी नियमावलीमा परिवर्तन गर्दै नियामककारी भूमिका र सञ्चालनकारी भूमिकामा रहेका कर्मचारीहरु एक अर्को भूमिकामा सरुवा हुन नसक्ने गरी प्रावधान ल्याएको थियो । तर, नतिजा प्राधिकरणले सोचेजस्तो आउन नसकेको प्राधिकरणका कर्मचारीहरुको भनाई छ ।
अहिले प्राधिकरणलाई विभाजन गर्ने विधेयक राष्ट्रिय सभामा दर्ता भइसकेको थियो । तर, प्रतिनिधिसभाको अघिल्लो कार्यकाल समाप्त भएपछि यो विधेयक फिर्ता आइसकेको छ । सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाटै प्राधिकरणको संरचना सुधार गर्ने घोषणा गरेको छ । अब यो बजेट आगामी १ साउनबाट कार्यान्वयनमा आउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।