logo

टिम्सकार्ड सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा, अब गाईड र टिम्सकार्ड विना पदयात्रा गर्न नपाईने

    829   पटक पढिएको


२० चैत/ अर्थ र व्यापार– पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) टिम्सकार्ड सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यस मापदण्ड कार्यान्वयनको सुरुवात गरेका हुन् । यो मापदण्ड कार्यान्वयनमा आएसँगै अब टिम्स कार्ड नबोकी अथवा गाइड नलिई पदयात्रा भ्रमणमा निस्किएको भेटिए त्यस्तो पर्यटक कारबाहीमा पर्ने छ । त्यस्तो पर्यटकलाई प्रतिव्यक्ति १२ हजार रुपैयाँ जरिवाना गरिने छ ।
ट्रेकिङ कम्पनी मार्फत टिम्स कार्ड नलिई पदयात्रामा पठाएको पाइए सो कम्पनीलाई समेत १० हजाररुपैयाँ जरिवाना तिराएर सोही कम्पनीमार्फत टिम्स कार्ड किन्न लगाइने भएको छ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटकको सुरक्षा सुनिश्चित गर्न यस्तो प्रावधान ल्याइएको जानकारि दिए । उनले यो नयाँ व्यवस्थाले पर्यटकको सेवा, सुविधा र सुरक्षा प्रत्याभूति गर्दै पदयात्रामा हुन सक्ने जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने बताए ।
बोर्डका अनुसार अब गाईड र टिम्सकार्ड विना विदेशी पर्यटक नेपालको पदयात्रा भ्रमणमा जान पाउने छैन । यदि टिम्सकार्ड र ट्रेकिङ गाइड नलिई पदयात्रामा गएको पाइएमा विदेशी पर्यटकले अब चर्को जरिवाना तिर्नुपर्ने भएको छ ।
विदेशी पर्यटकका लागि यसअघि लिइँदै आएको टिम्स कार्डको मूल्य दोब्बर बनाउँदै नेपाल पर्यटन बोर्डले यसको कार्यान्वयनका लागि चर्को शुल्क तोकेको हो । जसका लागि पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्सकार्ड) लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७९ कार्यान्वयनमा आएको बोर्डले जनाएको हो ।
यसअघि सोलो ट्रेकिङमा जाने तेस्रो मुलुकका पर्यटकलाई २ हजार र कम्पनीमार्पत सामूहिक रुपमा पदयात्रामा जाने पर्यटकलाई १ हजाररुपैयाँका दरले टिम्स कार्डको शुल्क लिने गरिएको थियो । यो नयाँ मापदण्ड कार्यान्वयनमा आएपछि अब सबै पर्यटकलाई प्रतिव्यक्ति शुल्क २ हजार रुपैयाँका दरले टिम्स कार्ड जारी हुने भएको छ ।
सार्क राष्ट्रका पत्रयात्रीले भने प्रतिव्यक्ति १ हजाररुपैयाँ तिरे पुग्छ । यससँगै अब टिम्स कार्ड लागु हुने क्षेत्रमा पदयात्रामा जान चाँहने पदयात्रीले ट्रेकिङ कम्पनी मार्फत अनिवार्य पदयात्रा अवधिभर गाईड लिनुपर्ने नियम समेत कार्यान्वयनमा आएको छ ।
पदयात्राको उद्देश्यले टिम्स कार्ड लागु हुने क्षेत्रमा पदयात्रामा जाने कूटनीतिक नियोग एवं कूटनीतिक क्षेत्रका पदाधिकारी, विकास साझेदार संस्था, दातृ निकायका पदाधिकारी र उसका श्रीमान, श्रीमती, छोरा–छोरीको हकमा प्रति पदयात्री पाँचसय रुपैयाँ टिम्स कार्डको शुल्क तोकिएको छ ।
यस्तो सुविधा लिन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा आवश्यक कागजात पेश गर्नुपर्ने गरी यो नियम बनाइएको हो । टिम्स कार्ड भने अब विद्युतीय माध्यमबाट जारी हुनुपर्ने छ । तोकिएका कागजात एकपटक टिम्स अनलाइन पद्धतिमा पेश गरेपछि एक आर्थिक वर्ष भित्र अर्को पटक पेश गर्नु नपर्ने गरी अनलाइन पद्दतीको विकास गर्नुपर्ने नियम समेत सो कार्यविधिमा उल्लेख छ ।
एकपटक जारी भएको टिम्स कार्ड अनुमति पत्रको मान्य अवधि जारी भएको मितिले ९० दिनको हुनेछ । भौगोलिक कठिनाई तथा प्राकृतिक विपद्, खराब मौसम, प्रतिकूल स्वास्थ्य अवस्था तथा विशेष परिस्थितिका कारण कुनै पदयात्रा क्षेत्रका लागि लिएको टिम्स अनुमति पत्र अर्को पदयात्रा क्षेत्रका लागि समेत मान्य हुने भएको छ ।
टिम्सकार्ड अनुमति पत्र र गाईड नलिई पदयात्रामा जाँदै गरेको पाइएमा अब पदयात्रीलाई पदयात्रामा रोक लगाइने छ । टिम्स अनुमति पत्र र गाईड नलिइ पदयात्रा पुरागरी फर्किंदै गरेका पदयात्रीलाई भने १२ हजार रुपैयाँ जरिवाना तिराइँने छ ।
कम्पनीले टिम्स कार्ड नलिएको पाइएमा भने प्रतिपदयात्री १० हजार रुपैयाँ जरिवाना तिराउने र कम्पनीबाटै टिम्स कार्ड किन्न लगाइने भएको छ । यो प्रावधानलाई कडाइ गर्न टिम्स चेकपोष्टमा खटिने कर्मचारीलाई असुल उपर गरिएको जरिवाना करमको २० प्रतिशत बराबरको रकम प्रोत्साहन दिने समेत सो कार्यविधिमा उल्लेख छ । जसले टिम्स लागु हुने पदयात्रा क्षेत्र भित्र टिम्स अनुमतिपत्र विना पदयात्रा गर्ने गराउने पदयात्री वा कम्पनीको पहिचानमा खटिन प्रोत्साहन मिल्ने बोर्डले जनाएको छ ।
हिमाल आरोहणमा जान अनुमति लिएका पर्यटकले भने टिम्स अनुमति लिनु पर्दैन । तर, यस्ता पर्यटकसँग आरोहण अनुमति भने हुनुपर्छ । तर, आफ्नो सुरक्षाका लागि आरोहीले स्वेच्छिक रुपमा भने यो कार्ड लिन सक्छन् ।
पदयात्रा क्षेत्रमा हेलिकप्टरबाट जाने र सोही माध्यमबाट फर्कने पर्यटकले समेत टिम्स लिनु पर्दैन । जाँदा वा फर्कदाँ पदयात्रा गर्ने पर्यटकले भने टिम्स लिनु पर्छ । सरकारी कामको सिलसिलामा भ्रमणमा जानुपर्ने अवस्थामा भने दातृ निकायका कर्मचारीलाई टिम्स कार्डको शुल्क छुट दिइने भएको छ ।
पदयात्रीको साथमा रहने १० वर्ष मुनिका बालबालिकाले समेत टिम्स लिनु पर्दैन । टिम्स लागु हुने क्षेत्रमा दुई पांग्रे वा चार पांग्रे सवारी साधनबाट यात्रा गर्ने पर्यटकले समेत टिम्स र गाइड अनिवार्य दिनुपर्छ ।
टिम्स कार्डबाहक र गाइडको साथमा गएका पर्यटकहरु कुन अवस्थामा कहाँ छन् भन्ने जानकारी नेपाल पर्यटन बोर्ड, टान र सम्बन्धित ट्रेकिङ कम्पनीलाई थाहा हुन्छ । यस अवस्थामा प्राकृतिक प्रकोप, खराब मौसम तथा अन्य कारणले दुर्घटनामा परी घाइते, बिरामी, मृत्यु वा हराएमा निजको खोज तथा उद्दारको काम गर्न आकस्मिक खोज तथा उद्दार समन्वय समिति सक्रिय हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।