logo

सातौं पर्वतीय महोत्सव सम्पन्न

    1293   पटक पढिएको


२६ मंसिर/अर्थ र व्यापार – अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना भएको सातौं पर्वतीय महोत्सव सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिने आइतबार सम्पन्न भएको हो ।
महोत्सवको दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौती लगायत विषयबारे बहस भएका थिए ।
महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम भएको थियो । सो सेसनमा दर्शक तथा सरोकारवाला निकायको सुझावपछि नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले बेसक्याम्पको समस्या दिर्घकालीन रुपमा समाधान गर्नका लागि अध्ययन भएको जानकारी दिए ।
‘अहिले हामीलाई सगरमाथा बेसक्याम्प सार्न कार्यक्रम गरेको आरोप लागिरहेको छ । त्यस्तो होइन, हामी त्यसैलाई कसरी व्यवस्थापन गर्ने विषयमै केन्द्रित छौं,’ उनले भने । अन्तरक्रिया कार्यक्रममा मिलन तामाङले जुग्ल हिमालको विषयमा प्रस्तुति दिएका थिए । जुगल हिमाल काठमाडौंबाट नजिक रहेपनि बेवास्तामा परेको उनको भनाइ थियो ।
‘छोटो छुट्टि भएकाहरुलाई जुगल हिमाल ट्रागेट गर्दा निकै पोटेन्सियल देखिन्छ । प्रचारप्रसारको काम अझै बाँकी छ ।
काठमाडौँबाट जम्मा केही मिटर पर छ । तरपनि, त्यो छायाँको रुपमा देखिएको छ,’ उनले भने, ‘सिन्धुपाल्चोकमा रहेको हिमाल छायाँमा परेको हुनाले हामीले केही समय अघिदेखि यसबारे अध्ययन ग¥यौं । त्यसपछि पनि हामीले निरन्तर काम गर्दै आयौं ।’
यस्तै ‘वुमन मुभ माउन्टेन’नाराका विषयमा पनि अन्तक्रिया कार्यक्रम भएको थियो । पोखराका विभिन्न कलेजमा अध्ययनरत पाँच जना छात्रालाई वक्ताको रुपमा बोलाइएको थियो । संयुक्त राष्ट्र संघले यसवर्षको पर्वतीय दिवसलाई ‘वुमन मुभ माउन्टेन’को नारा सहित मनाउने निर्णय गरेको हो ।
सोही विषयमा वक्ताका रुपमा आएका वर्षा गुरुङ, रोशनी शाही, सरुना केसी, शोभा पुन र सिर्जा तन्दुकरले आफनो विचार राखे । हिमाली क्षेत्रमा पर्यटन व्यवसाय धानेका महिलाको उदाहरण दिँदै सरुना केसीले हिमाली क्षेत्र जोगाउने कार्यभार महिलाले पनि गर्न सक्ने बताइन् ।
‘हिमाली क्षेत्रमा पर्यटक जाँदा साँझ सांस्कृतिक कार्यक्रम गरेर संस्कृति जोगाउने महिला हुन् । पर्यटकलाई आवश्यक भएको लजिङ एन्ड फुडिङको व्यवस्थापन गर्ने उनै महिला हुन्,’ सुरुनाले भनिन्, ‘पछिल्लो समय रोजगारीका कारण पुरुषहरु बाहिर जाने क्रम बढी छ । हिमाली क्षेत्रमा संस्कृति जोगाउँदै महिलाहरु बसिरहनुभएको छ ।’
हिमाली क्षेत्रका विषयलाई प्राथमिकतामा राख्दै आयोजना भएको महोत्सवमा विभिन्न कार्यक्रम समावेश गरिएको थियो । छेलो हान्ने प्रतियोगितादेखि अन्र्तरविद्यालय चित्रकला प्रतिस्पर्धा राखिएको थियो । छेलो हान्ने प्रतियोगितामा प्रथम हुँदै रोहित सुनारले २५ हजार र प्रमाणपत्र जितेका छन् ।
यसैगरि, दितियमा किरण सुनारले १० हजार र तृतीयमा बादल गुरुङले ५ हजार नगद प्राप्त गरेका छन् । अन्तरविद्यालय चित्रकला प्रतिस्पर्धामा कुमुदिनी होम्सकी अभिषना पालिखे प्रथम भएकी छिन् । दोस्रोमा सिर्जना विद्यालयका लक्ष्मण पौडेल र तेस्रो कृपा गुरुङ भएकी छिन् ।

महोत्सवमा भाग लिएका विद्यार्थीदेखि हिमाली क्षेत्रको परिकार प्रर्दशनमा राख्ने सबैलाई अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी निमर्ला न्यौपानेले धन्यवाद दिएकी छन् ।
‘महोत्सवमा उपस्थिती भएर सफल बनाउने सबैलाई धन्यवाद । पर्वतीय दिवसको अवसरमा हरेक वर्ष आयोजना हुने महोत्सव भव्यतका साथ सम्पन्न भएकोमा खुशी लागेको छ,’ उनले भनिन्, ‘पर्वतीय दिवसको नारा जस्तै र अघि भर्खर प्यानलमा वक्ताहरुले भने जस्तै हिमाल संरक्षणको लागि महिलाको भूमिका महत्वपूर्ण छ ।’
यसैगरि, संघका सल्लाहकार डा. गणेश गुरुङले पर्वतीय महोत्सवले हिमाली क्षेत्रबारे ज्ञान दिन मद्दत गर्ने बताए । महोत्सवको सिजन छ पोखरामा यतिबेला । जसमध्ये सबैभन्दा राम्रो र ज्ञानपूर्ण महोत्सव पर्वतीय महोत्सव रहेको बताउँछन् गुरुङ ।
‘हाम्रो यो महोत्सव पोखराका महोत्सव भन्दा फरका । पहिलो यहाँ हामी शूल्क लिँदैनौ । यो आम्दानीको लागि होइन । यो महोत्सव ज्ञान बाड्नको लागि हो । यसले हिमाली क्षेत्रको विषयमा महोत्सवमा आउने व्यक्तिलाई धेरै विषयमा सिकाउँछ’ .गुरुङले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।