logo

कीर्तिमानी आरोही सानु शेर्पालाई विमानस्थलमा भब्य स्वागत

    1344   पटक पढिएको

५ भदौ/अर्थ र व्यापार– विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरुलाई दोश्रोपटक आरोहण गरी विश्वकीर्तिमान बनाउन सफल भएका आरोही सानु शेर्पालाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत सहित नागरिक अभिनन्दन गरिएको छ ।
पाकिस्तानको ८ हजार ३५ मिटर अग्लो गसेर्ब्रुम –२ हिमालको सफल आरोहण गरी शनिबार स्वदेश फर्किएका शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ , नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा लगायतले अभिनन्दन गरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा परिक्रमा गराइएको थियो ।
संखुवासभाका आरोही तथा गाइड सानु शेर्पाले विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरुलाई दोहोर्याएर सफल आरोहण गरि विश्वकै कीर्तिमानी आरोही बनेका हुन । उनले गत ५ साउनको बिहान पाकिस्तानको ८ हजार ३५ मिटर अग्लो गसेर्ब्रुम –२ हिमालको सफल आरोहण गरेसँगै अग्ला हिमाल दोहोर्याएर आरोहण गर्ने संसारकै पहिलो कीर्तिमानी आरोहीबनेका बनेका थिए ।
उनको भब्य स्वागतमा नेपाल पर्वतारोहण संघ, शेर्पा पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन बोर्ड, शेर्पा किदुक संखुवासभा लगायत पर्यटनसँग सम्बद्ध संघ संस्थाले शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भब्य स्वागत गर्दै विमानस्थलबाट काठमाडौका विभिन्न ठाउँमा नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गरेका हुन् ।
विमानस्थलमा झाँकीसहित स्वागत गरेपछि शेर्पालाई तीनकुने, थापाथली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ, ठमेल हुँदै भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा पु¥याएर भब्य सम्मान गरिएको थियो।
सगरमाथा लगायत विभिन्न १४ वटा अग्ला हिमालको एक पटक आरोहण गर्ने शेर्पा सहित ६ जना नेपाली आरोही छन । तर, सानुले अहिले यि सबै हिमाललाई दुई पटक आरोहण गरि विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल भएका हुन ।
संखुवासभाको मकालु गाउँपालिका –१ स्थायी घर भएका ४८ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ वटा अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जटेका थिए । अहिले उनले आफ्नो सपना पूरा गरेका हुन । यसै वर्षमात्र उनले मकालु र कञ्चनजङ्घा हिमालको पनि दोहो¥याएर आरोहण गरेका थिए ।
सर्वप्रथम सन् २००५ मा काठमाडौँ आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाएका कीर्तिमानी आरोही सानु शेर्पाले पहिलो पटक सन् २००६ मा ८ हजार मिटर भन्दा अग्लो हिमाल चो–ओयु हिमालको सफल आरोहण गरेका थिए ।
त्यसपछि हरेक वर्ष शेर्पाको जीवन हिमालमै बित्यो । ८ हजार मिटर अग्ला हिमाल नेपालमै १४ वटा गरी विश्वभर २० वटा रहे पनि नेपालका ८ वटालाई मात्र इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनेरिङ फेडेरेसनले मान्यता दिएको छ । तर, नेपाल सरकारको तथ्यांकमा भने १४ वटा नै कामय गरिएको छ । देश तथा विदेशी कम्पनीमात्र नभएर सानुले विशेष गरी पायोनियर एड्भेन्चर ट्रेकमा रहेर हिमाल आरोहण गर्दै आएका छन ।
पहिलोपटक सन् २००६ मा चो–ओयु आरोहण गरेका शेर्पाले त्यसपछि २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २००६ सिसापाङमा, २०१२ मा केटू, २०१३ मा गसेरब्ररुम–१, २०१४ मा कञ्चनजंगा, २०१४ ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्ररुम–२, मकालु र धौलागिरीको आरोहण गरेका थिए । सन् २०१९ मै अग्ला सात वटा हिमालको दोस्रो पटक आरोहण सम्पन्न गरेका शेर्पाले सन् २०२१ मा अन्नपूर्ण, ल्होत्से र केटु हिमालको आरोहण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।