logo

तीन वर्षपछि निगमले संचय कोष र नागरिक लगानी कोषलाई बुझायो १ अर्ब ३५ करोड किस्ता

    1436   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – नेपाल वायुसेवा निगमले ३ वर्षपछि नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई १ अर्ब ३५ करोड रुपैयाँ किस्ता बुझाएको छ ।
यसअघि २०७६ साल पुसमा किस्ता बुझाएपछि निगमले कुनै किस्ता तिर्न सकेको थिएन । कोभिड संक्रमण कम हुँदै जाँदा र निगमको व्यापारमा सुधार आएसँगै अहिले निगमले बल्ल कर्मचारी संचय कोषलाई ९० करोड रुपैयाँ र नागरिक लगानी कोषलाई ४५ करोड रुपैयाँ तिरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनले निगमले दिएको किस्तामध्ये न्यारोबडी विमानको ४५ करोड रुपैयाँ र वाइडबडी विमानको ९० करोड रुपैयाँ तिरेको बताइन् । निगमले दुइटा एयरबस ए ३२० खरिद गर्नेक्रममा कर्मचारी संचय कोषसँग १० अर्ब रुपैयाँ , दुई वाइडबडी ए ३३० विमान खरिदका लागि संचय कोष र नागरिक लगानी कोषबाट साढे १२ अर्ब रुपैयाँका दरले २५ अर्ब ऋण लिएको थियो ।
यो ऋण किस्ता बुझाएको निगमको हाल अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन ऋणमात्र करीब ५० अर्ब रुपैयाँ पुगेको छ । यसरी नयाँ विमान खरिदमा लिएको ३८ अर्ब ७२ करोड रुपैयाँको ऋण बढेर ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । निगमले कोरोना महाहारी सुरु भएदेखि विमान खरिदमा लिएको ऋणको किस्ता र ब्याज तिरेको थिएन ।
विमान खरिदका लागि मात्रै विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व साढे ४७ अर्ब रुपैयाँ पुगेको छ । निगमले दुईवटा वाइडबडी ए३३०, दुईवटा एयरबस ए ३२० र सहुलियत दरको ऋणमा खरिद गरेको चिनियाँ विमानको सावाँ र ब्याजको दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो ।
यसैगरी, चिनियाँ विमान खरिदमा नेपालले अनुदान र सहुलियत ऋण गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरेको थियो । कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो ।
निगमले लामो समयदेखि किस्ता नतिरेपछि सञ्चय कोष र नागरिक लगानी कोषले अर्थ मन्त्रालयलाई पटक–पटक गुहारेका थिए । अर्थले पनि निगमको सम्पत्ति लिलाम गरेर भए पनि रकम असुल्न भनेको थियो । यसअघि कोषले आफ्नो कर्जा उठाउन पटक–पटक दिएको ताकेता अनुसार निगमले लामो समयपछि बल्ल यो रकम बुझाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।