logo

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलीबाट ‘क्यालिब्रेसन फ्लाइट’ हुँदै

अब अन्तर्राष्ट्रिय उडानका विमानलाई आकासमा होल्ड र अन्य विमानस्थल तर्फ ड्राईभट गर्नु नपर्ने

    922   पटक पढिएको

५ फागुन/अर्थ र व्यापार – बहुप्रतिक्षित निर्मार्णाधिन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोली शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । आगामी १५ फागुनसम्म सो विमानस्थलमा यस्तो क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बुधबार एक सूचना जारि गरी मुलुकको राष्टिय गौरवको आयोजनाका रुपमा रहेको यस विमानस्थमा क्यालिब्रेसन फ्लाइट हुन लागेको जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार आगामी १० दिनसम्म सञ्चालन हुने यस्तो उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । जसकालागि एरो थाइको विमान बिहीबार बैंककबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । त्यसपछि सो विमानले काठमाडौंदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भर्ने प्राधिकरणले जनाएको छ ।
यस्तो उडानकाकारण आगामी १० दिनसम्म सो विमानस्थलमा हाल सञ्चालित नियमित आन्तरिक उडानमा भने केहि ढिलाई हुन सक्ने भएकाले सोही अनुसारको यात्रु सेवा व्यवस्था मिलाउन भन्दै प्राधिकरणले सम्बन्धीत वायुसेवा कम्पनीहरुलाई जानकारि गराएको बताएको छ ।
प्राधिकरणका अनुसार अहिले सो विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने छ। जसका कारण आगामी १५ फागुनसम्म नियमित अन्य उडान तथा अवतरणको समय भने केही ढिलो हुनसक्ने बताइएको छ । यसबाट सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको जनाएको छ ।
यस्तो परीक्षण उडानपछि नियमित मात्र नियमित अन्तर्राष्ट्रिय उडान भर्ने तयारीमा प्राधिकरण जुटेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएपछि विभिन्न मुलुकबाट नेपाल आउने वायुसेवाकालागि काठमाडौको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलको विकल्पको रुपमा यो अर्को अन्तर्राष्ट्रिय उडान तथा अवतरणको गन्तव्य विमानस्थल हुने छ ।
जसका कारण अहिले जस्तो अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समस्या भएर उडान अवतरण हुने नसकिएको अवस्थामा विभिन्न देसबाट नेपाल आएका अन्तर्राष्ट्रिय उडानका विमानलाई लामोसमय आकासमा होल्ड गर्नुपर्ने र भारतका अन्य विमानस्थल तर्फ जहाज ड्राईभट गर्नुपर्ने बाध्यात्मक अवस्था हुने छैन ।
बैकल्पीक उपाए रुवरुप अब काठमाडौमा अवतरण हुन नसकेको अन्तर्राष्ट्रिय उडानमा सञ्चालित विमानहरुलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन सकिने छ ।
यस विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसीबी १)मा सम्झौता भएर १ माघ २०७१ देखि निर्माण सुरु गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको धावन मार्गको लम्बाई तीनहजार मिटर र चौडाई ६० मिटर रहेको छ ।
अहिलेसम्म गौतमबुद्ध अन्तर्रािष्ट्रय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो आइसिबी–१अन्तर्गत ६ अर्ब ८२ करोड रुपैयाँको काम भएको छ । दोस्रो अन्तर्राष्टिय आइसीबी–२ अन्तर्गत ५० करोड रुपैयाँको काम र तेस्रो २२ अर्ब ४० करोड रुपैयाँको मुआब्जा वितरण कार्य सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो भवन निर्माणका लागि ९० करोड रुपैयाँको काम भएको छ । यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा यो विमानस्थल निर्माण भएको हो । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ प्रतिशत र एडीबीको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको प्राधिकरणले जनाएको छ ।
अहिले यस्तै खालका वैदेशिक लगानी तथा उनीहरुको ऋण एवं आर्थिक अनुदान सहयोगमा निर्माण हुने अमेरिकन मिलेनियम च्यालेन्ज परियोजना (एमसिसी) को विरोधमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । बुधबार विरोध प्रदर्शनमा उत्रिएकाहरूले विभिन्न नारा लगाउँदै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रु ग्याँस हानेर भीड नियन्त्रणको प्रयास गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।