logo

 डेढवर्ष पछि खुल्यो अनअराइभल भिसा

    969   पटक पढिएको

८ असोज / अर्थ र व्यापार – पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै जनाथालेसँगै अहिले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी पर्यटककालागि अनअराइभल भिसा दिने कार्य खुला गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निणर्य अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरिएको हो । मन्त्रिरिषद्को निर्णयका आधारमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८’ जारी गरेको छ ।
सो आदेश अनुसार अब विभिन्न देसबाट नेपाल आउन चाँहने विदेशी नागरिकले अध्यागमन प्रवेश विन्दुमा भिसाकालागि आवेदन दिन पाउने भएका छन् । यसअघि नेपालमा कोरोना महामारी सुरु भएसगैँ सरकारले सम्बन्धीत देशमा रहेको दुतावासबाट मात्र नेपाल प्रवेश गर्ने भिसा लगाउँदै आएका थिए ।
सरकारको यो नयाँ निर्णयसंगै अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा पाउनेछन् । जसकालागि अझै सरकारले नेपाल प्रवेश गर्नेहरुका लागि केही प्रावधान भने राखेको छ । नयाँ व्यवस्था अनुसार नेपाल आउन विदेशीले कोभिड खोप लगाएको १४ दिन पूरा गरेको हुनुपर्नेछ भने हवाइ उडानको चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण हुनुपर्नेछ ।
यसैगरि, पर्वतारोहण तथा पदयात्राका लागि अनुमति लिएको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गरे अनअराइभल भिसा पाउने छन् भने नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दुमा एन्टीजेन परीक्षण गर्नुपर्ने हुन्छ । विश्व महामारिको रुपमा देखिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि फैलिन सक्ने भन्दै सरकारले २०७६ सालको फागुन अन्तिम सातादेखि नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई अनअराइभल भिसा दिन बन्द गरेको थियो । त्यसयता कोरोना संक्रमित हुनेहरुको संख्या क्रमशः घट्दै गएसँगै विभिन्न संघ संस्थामा आवद्ध पर्यटन व्यवसायीले लामो समयदेखि गर्दे आएको आग्रहपछि सरकारले १८ महिनापछि बल्ल विदेशी पर्यटकलाई नेपाल प्रवेशको अनुमति दिएको हो । अब विमानस्थलबाटै विभिन्न मुलुकबाट नेपाल आउने पर्यटकले अनअराइभल भिसा पाउने भएका हन् ।  
यसैबीच, सरकारले ल्याएको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८’ संसद्बाट समयमै पारित नभएसँगै कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि गठित ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’ (सीसीएमसी) को कार्यकाल पनि समाप्त भएको छ । अब सीसीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा अवकाश प्राप्त रथी बालानन्द शर्माको जिम्मेवारी पनि सकिएको छ । 
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठको पहिलो साता सो अध्यादेश जारी गरेको थियो । त्यसपछि ओली नेतृत्वको सरकारले रथी शर्मालाई सीईओ नियुक्त गरेको थियो । सो अध्यादेश संसद् खुलेको ६० दिनभित्रमा पारित गरिसक्नुपर्ने प्रावधान रहेको छ । तर, त्यसपछि दुई पटक संसद् खुले पनि अध्यादेश संसद्बाट पारित हुन सकेन । त्यसैले गत शुक्रबारदेखि सीसीएमसी निष्क्रिय भएको हो । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेश खारेज भएपछि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापनसम्बन्धी नयाँ आदेश जारी गरेको थियो । सो आदेशबाट प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ ।
समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । समितिको सदस्य सचिवका रुपमा रहेका प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले समन्वयकारी भूमिका खेल्नेछन् । अब सीसीएमसीले गर्दै आएका कामहरू हेर्नका लागि सरकारले कार्यकारी आदेशबाट प्रधानमन्त्री कार्यालयका सचिव न्यौपानेको नेतृत्वमा कोभिड–१९ समन्वय केन्द्र गठन गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।