logo

राष्ट्र बैंकको संयुक्त अनुगमन टोलीको निस्कर्ष: अधिकांश सहकारीको घरजग्गा व्यक्तिको नाममा, सम्पत्ति धितो राखेर/बेचेर बचत फिर्ताको तयारी

    702   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार – अधिकांश बचत तथा ऋण सहकारीको सम्पत्ति व्यक्तिको नाममा रहेको पाइएको छ । सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले गरेको सहकारी अनुगमनले सहकारी संस्थाको नाममा हुनुपर्ने घरजग्गा तथा अन्य सम्पत्ति व्यक्तिको नाममा रहेको भेटिएको हो ।
टोलीले काठमाडौं, ललितपुर र काभ्रे जिल्लामा सञ्चालित केही ठूला सहकारीको अनुगमन गर्दा केही गलत मनसाय भएका सञ्चालक भएको सहकारीको सम्पत्ति व्यक्तिको नाममा रहेको खुलेको हो ।
सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायय संयोजक रहेको टोलीमा राष्ट्र बैंकका अधिकारीहरूले पनि प्राविधिक सहयोगका रूपमा अनुगमनमा सघाएका थिए । सो टोलीमा राष्ट्र बैंकका उपनिर्देशक डा.रमेश चौलागाईं, गैर बैंकिङ वित्तीय संस्था विभागका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेल पनि थिए । टोलीले ठूला ९ वटा सहकारीको अध्ययन गर्दा केही सहकारीका सञ्चालकले आफ्नो नाममा सम्पत्ति राखेको खुलेको हो ।
‘अधिकांश सहकारीको लगानी घरजग्गामा देखियो, लगानी पनि कानूनविपरित देखिन्छ, सो सम्पत्ति पनि सहकारीको नाममा भन्दा पनि व्यक्तिकै नाममा देखियो, जुन गलत हो,’ अनुगमन टोलीका एक अधिकारीले भने ।
अनुगमनका क्रममा अधिकांश सहकारीको खराब कर्जा बढ्दै गएको देखिन्छ भने ऋणीबाट ऋण असुल गर्न असहज भएको देखिएको छ । अनुगमन टोलीले काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था र सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको थियो भने काठमाडौंको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, देबदर्शन बचत तथा ऋण सहकारी संस्था, नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को अनुगमन गरेको हो ।
यसैगरी, ललितपुरको राष्ट्रिय सहकारी बैंकको सघन अनुगमन गरेको थियो । अनुगमन टोली ९ वटा सहकारीको अनुगमन सम्पन्न गरेसँगै त्यसको प्रतिवेदन निर्माणको तयारीमा लागेको छ । सो अनुगमन टोलीले सञ्चालकको नाममा रहेको सम्पत्ति रोक्का गर्ने बिक्री गर्ने सुझाव दिने बुझिएको छ ।
‘केही सहकारीहरू समस्यामा नदेखिएको पनि भित्रिरूपमा ठूलो समस्या छ, ती सहकारीका सञ्चालकको नाममा रहेको सम्पत्ति रोक्का गर्ने वा बिक्रि गर्ने विषयमा पनि सुझाव दिन सकिन्छ,’ अनुगमन टोलीका एक सदस्यले भने ।
सहकारीको नाममा रहेको सम्पत्ति पनि धितोका रूपमा राखेर ऋण लिन सकिने व्यवस्थ पनि गर्ने तयारी भइरहेको बुझिएको छ । उसो त अहिलेको सत्ता गठबन्धनले पनि साझा न्यूनतम कार्यक्रम बनाएर बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको सम्पत्तिको धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुर्नकर्जा उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका साथै ठूला सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने कानुनी प्रबन्ध मिलाउने बताएको छ ।
सोही कार्यक्रम अनुसार सरकारले पनि बचत तथा ऋण सहकारीको सम्पत्ति धितोमा राखेर वा बिक्री गरेर बचत फिर्ता गराउने तयारी थालेको बुझिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार अगाडि बढिसकेको बताएका छन् । उनले सहकारीका समस्या समाधानका लागि सहमति भइसकेको भन्दै उनले सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।