logo

विदेशी फेसन आयातमा बर्षेनी १० अर्ब बाहिरिँदै

    1695   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – नेपालीहरुले विदेशी फेसनका सामाग्री प्रयोग गर्नमा मात्रै वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी नेपाली रुपैयाँ बाहिरिने गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा  विदेशबाट आयात गरिएका तयारी लुगामा १० अर्ब ५० करोड रुपैयाँ बाहिरिएको छ ।

सबैभन्दा बढी रकम महिलाहरुको तयारी पोशाक आयातमा बाहिरिएको छ । महिलाहरुले लगाउने विदेशी तयारी पोशाकमा दुई अर्ब ४६ करोड रुपैयाँ बाहिरिएको छ । महिलाका लागि आयात भएका कपडाको ठिक आधा रकम बराबरको पुरुषले लगाउने तयारी लुगा भित्रिएको छ । पुरुषको तयारी पोशाक आयातमा एक अर्ब छ करोड रुपैयाँ बाहिरिएको छ ।

महिलाहरुले लगाउने पोशाकमा सबैभन्दा बढी रकम ज्याकेटमा बाहिरिएको छ । ज्याकेट, कोट लगायतका तयारी पोशाकमा एक अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ । दोस्रो बढी आयात हुनेमा केटीहरुका लुगा शीर्षकमा ६२ करोड सात लाख रुपैयाँ बाहिरिएको छ। 

तेस्रो धेरै आयात हुनेमा ट्राउजर तथा पाईन्टहरु छन् । ट्राउजर तथा पाईन्टको शिर्षकमा ४४ करोड ४० लाख रुपैयाँ बाहिरिएको छ । त्यस्तै चौथो बढी आयात हुनेमा ब्लाउज तथा सर्ट शीर्षकमा १५ करोड २९ लाख रुपैयाँ बाहिरिएको छ ।

केटीहरुले प्रयोग गर्ने स्कर्ट आयातमा पनि छ करोड २५ लाख रुपैयाँ बाहिरिएको छ । तयारी सुट आयातमा दुई करोड ९३ लाख, रेनकोटमा ७९ लाख, नाईट ड्रेस शीर्षकमा ३३ लाख ७५ हजार र गाउन शीर्षकमा १० लाख रुपैयाँ बाहिरिएको छ ।

पुरुषहरुको तयारी पोशाक आयातमा भने सबैभन्दा बढी ज्याकेटमा ५२ करोड रुपैयाँ बाहिरिएको छ । शर्ट तथा टिशर्ट आयातमा २६ करोड, ट्राउजर तथा पाईन्ट आयातमा २३ करोड रुपैयाँ बाहिरिएको छ ।

महिलाको तुलनामा रेनकोट आयातमा मात्र पुरुषको हिस्सा बढि देखिएको छ । पुरुषको रेनकोट आयातमा दुई करोड रुपैयाँ बाहिरिएको छ । महिलाको रेनकोट आयातमा ७९ लाख रुपैयाँमात्र बाहिरिएको थियो । पुरुषहरुले प्रयोग गर्ने जनावरको रौंबाट बनेका ज्याकेट एक अर्ब ३२ करोड रुपैयाँको आयात गर्दा, नाईट ड्रेस ४५ लाख रुपैयाँको आयात गरेका छन् ।

सल, स्कार्फ र मफलर शीर्षकमा दुई अर्ब ५३ करोड रुपैयाँ बाहिरिएको छ । सल र स्कार्फ महिलाले प्रयोग गर्छन् भने मफलर पुरुषले प्रयोग गर्छन् । ब्याग आयातमा दुई अर्ब ६५ करोड रुपैयाँ बाहिरिँदा जुत्ता आयतमा एक अर्ब २५ करोड रुपैयाँ बाहिरिएको छ । ५६ करोड रुपैयाँ बराबरको टोपी मात्र आयात भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।