logo

यूटीएल र नेपाल स्याटेलाइटले बुझाएनन् इन्टर कनेक्सनको बक्यौता

    1388   पटक पढिएको

६ पुष / अर्थ र व्यापार - अन्तर-आवद्धतावापत शुल्कको बक्यौता नपाएपछि दूर सय्चार प्राधिकरणमा उजुरी गरेको नेपाल टेलिकम अब अदालत जाने की नजाने भन्ने विषयमा अधिकारीहरू छलफलमा छन् । 

यूटीएल र नेपाल स्याटेलाइटविरूद्ध नेपाल टेलिकमले २०७५ साउन ७ मा प्राधिकरणमा उजुरी दिएको थियो । इन्टर कनेक्सन - अन्तर(आवद्धता सेवा) वापतको शुल्क नतिरेको भन्दै १० प्रतिशत ब्याजसहित असुल उपर गरिदिन माग गर्दै दिएको उजुरी दिएको लामो समयसम्म पनि समाधान नआएपछि अब के गर्ने भन्दै छलफल भइरहेको हो । कसरी अघि बड्ने भन्ने विषयमा टेलिकम व्यवस्थापन टुंगोमा पुगिसकेको छैन । ’अब अदालत जाने विकल्पमाथि छलफल भइरहेको छ,’ टेलिकमका एक अधिकारीले भने । 

टेलिकमले बक्यौता दावी गरेका दुवै कम्पनीका सेवा हाल बन्द छन् । टेलिकमका अनुसार नेपाल स्याटेलाइटले २०७२ देखि ०७५ सम्म प्रयोग गरेको इन्टर - कनेक्सन बापत ८ करोड रूपैयाँ बुझाउन बाँकी छ । युनाइटेड टेलिकम लिमिटेड (युटीएल) ले पनि आव २०६९र७० देखि इन्टर - कनेक्सन सर्भिस शुल्क बुझाएको छैन। युटीएलले सेवा लिए वापतको करिब २३ करोड १७ लाख ४८ हजार र लिज लाइन वापतको ४ करोड ४९ लाख रूपैयाँ पनि नतिरेको टेलिकमको उजुरीमा छ ।  

उजुरी आएपछि विवाद समाधान गर्ने प्रयास भइरहेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए । उनका अनुसार प्राधिकरणले युटीएल र नेपाल स्याटलाइटसँग जवाफ मागेका थियो । नेपाल स्याटलाइटले उल्टै आफूले टेलिकमबाट २ करोड रुपैयाँ फिर्ता पाउनुपर्ने जवाफ दिएको छ । यूटीएलले तत्काल तिर्न नसक्ने जवाफ दिएको छ । ’दुवै कम्पनीको जवाफ आएको छ, हामी छलफलमै छौं,’ उनले भने ।

स्याटेलाइटले २०७४ अगाडि नै टेलिकमसँगको इन्टर कनेक्सन सेवा बिग्रिएको, तर पटक - पटक मर्मत गर्न अनुरोध गर्दा पनि नगरिदिएकाले पैसा नतिरेको बताएको छ । सिस्टम मर्मत गरिदिन भन्दै २ करोड रूपैयाँ टेलिकमलाई दिएको पनि दाबी गरेको छ। उक्त रकम टेलिकम बाट फिर्ता पाउनुपर्ने माग गरेको छ ।

यूटीएलले आफूले विदेशबाट ल्याउन लागेको लगानी रकम नआएको तथा अझै प्रक्रियामा रहेकाले तिर्न नसकेको जवाफ दिएको छ । युटीएलले आफ्नो पैसा आएको खण्डमा पुनः सेवा सुरू गर्ने भएकाले उक्त रकम आएपछि मात्रै बाँकी पैसा तिरेर फेरि सहकार्य गर्न तयार भएको जवाफ दिएको हो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।