logo

पर्यटकीय गन्तव्य जोड्न ’टुरिज्म ट्रेन’, ७ खर्ब लागत, ’काठमाडौं, पोखरा, चितवन र लुम्बिनी छुने’

    1547   पटक पढिएको

१३ पुस / अर्थ र व्यापार  - पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल चलाउने योजना पूरा नहुँदै मुलुकका प्रमुख पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्यसहित सरकारले दुईवटा ’टुरिज्म ट्रेन’ चलाउने योजना पनि बनाएको छ।

काठमाडौं, पोखरा, चितवन र लुम्बिनी रेलमार्ग विकास गर्न योजना बनाइएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। ’राजधानीलाई मुख्य दुई पर्यटकीय गन्तव्यसँग रेलमार्गमार्फत जोड्ने योजना हो,’ उनले भने, ’यो रेलमार्ग सामन्य रेलभन्दा फरक खालको हुनेछ ।’ कस्तो मोडेल उपयुक्त हुन्छ भन्ने विषयमा विभागमा छलफल चलिरहेको उनले बताए।
निर्माणका लागि चीनको सहयोग लिन लागिएको छ। आगामी जुनमा नेपाल र चीनका बीच रेलमार्ग सम्बन्धि विषयमा बैठक हुँदैछ। उक्त बैठकमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सरहको डिटेल फिजिबिलिटी (विस्तृत सम्भाव्यता) गरिदिन प्रस्ताव गर्ने योजना रहेको महानिर्देशक मिश्रले जानकारी दिए।

रेलमार्गको यो योजनाको पूर्व सम्भाव्यता अध्ययन (प्री-फिजिबिलिटी) रिपोर्ट भने तयार भइसकेको छ। चिनियाँ पक्षको आर्थिक र प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन गरिएको हो। प्रतिवेदनले रेलमार्ग निर्माण गर्न सकिने देखाएको छ। गत मंसिर दोस्रो साता चिनियाँ रेलवे एडमिनिस्ट्रेसनका प्रतिनिधिहरू रेलको विषयमा छलफल गर्न नेपाल आएका थिए। प्रत्येक ६ महिना नेपाल-चीनबीच रेल सम्बन्धि सयुक्त वर्किङ कमिटीको बैठक हुने गरेको छ। सोही बैठकमा उनीहरूले सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्।

उक्त प्रतिवेदनअनुसार दुवै गन्तव्यसम्म रेलमार्ग विकास गर्नका लागि करिब सात खर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ। विस्तृत अध्ययन गरेपछि भने भने लागत प्रतिशत केही थपघट हुन सक्ने विभागले नजाएको छ।

काठमाडौं-पोखरा रेलमार्गका लागि करिब ४ खर्ब रूपैंयाँ लाग्ने अनुमान गरिएको छ। यो रेलमार्गका लागि काठमाडौंको टोखालाई जीरोकिलो (प्रस्थान विन्दु) मानिएको छ। टोखाबाट नुवाकोट निस्किएर पृथ्वी राजमार्ग्तिर मोडिने छ। पृथ्वी राजमार्ग करिडोर आसपासको भएर रेलमार्ग बन्ने छ। रिपोर्टमा उल्लेख गरिएको तीन एलाइन्टमेन्टमध्ये यसलाई सबैभन्दा उपयुक्त भनेर प्राविधिकले सिफारिस गरेका छन्। यो रुट करिव १ सय ६८ किमि लम्बाइको हुनेछ। पहाडी भूभागमा सुरुङ र पुल निर्माण गरेर रेलमार्गको लिक बिच्छ्याउनु पर्नेछ।

त्यसैगरि लुम्बिनीसम्म पुग्ने रेल पनि कुरिनटारसम्म एउटै एलाइन्टमेन्टमा जानेछ। कुरिनटारबाट चितवनको भरतपुर हुँदै रुपन्देहीतिर जानेछ। जसको लम्बाइ करिब १ सय ९० किमि हुनेछ भने लागत करिब तीन खर्ब अनुमान गरिएको छ। पर्यटकको आगमन दर बढाउन सहज यातायातको सञ्जाल तयार पार्नका लागि ’मल्टिमोडल कनेक्सन’ विकास गर्नुपर्ने महानिर्देशक मिश्रको तर्क छ। त्यसकै लागि सरकारले हवाइ, सडक र रेल सबै माध्यमको विकास गर्ने योजना अघि सारेको हो।

’टुरिज्म ट्रेन’ को यो योजना भने सरकारको दोस्रो प्राथमिकतामा छ। सुरूमा चीनसँग भएको सम्झौताअनुसार उनीहरूले सम्भाव्यता अधययन गरिदिएका हुन्। पछिल्लोपटक भएको द्धिपक्षीय सम्झौता (एमओयु) मा भने यो रेलमार्गको विषय समावेश छैन।

चीनसँग जोड्ने केरुङ-काठमाडौं रेलमार्ग योजना पहिलो प्राथमिकतामा रहेको रेल विभागले जनाएको छ। ’टुरिज्म ट्रेन’ निर्माण गरेर सञ्चालनमा ल्याउन सके पर्यटक आगमन दरमा सकारात्मक असर पर्ने विभागको दाबी छ। हाइ-स्पिडको विद्युतीय रेल निर्माण गर्न सके सामान्यतया प्रतिघण्टा ३ देखि ४ सय  किमिसम्म कुदाउन सकिने छ। अझ एडभान्स रेल त्योभन्दा बढी गतिको हुन्छ। महत्वाकांक्षी योजना भए पनि  ’टुरिज्म ट्रेन’ को आन्तरिक पर्यटन पनि प्रवर्द्धन गर्ने अधिकारीहरूले बताएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।