logo

आन्तरिक राजश्व कार्यालयद्वारा ‘पठाओ’लाई ३० लाख रुपैयाँ कर निर्धारण

    2092   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - विगत केही समयदेखि सञ्चालनमा रहेको ‘पठाओ’ ले ३० लाख रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।बंगालदेशी कम्पनी ‘पठाओ’ एकवर्षदेखि संचालनमा रहेको छ । दुई पांग्रे सवारी सेवा सञ्चालन गर्दै आएको पठाओले यात्रुसँग मूल्य अभिवृद्धि कर असुल गरेपनि सरकारलाई भने कर तिरेको थिएन । आन्तरिक राजश्व कार्यालयले पठाओलाई तत्काल ३० लाख रुपैयाँ कर तिनुैपर्ने गरी निर्धारण गरेको हो ।

राइड सेयर सेवाको रुपमा सञ्चालनमा रहेको पठाओ र टुटल सेवा करको दायरामा नआएको भन्दै लामो समयदेखि विवादमा रहँदै आएको थियो । सेवा सञ्चालन गरिरहेकाहरु कर तिर्नुनपर्ने जिकिरमा थिए भने सरकार जसरी भएपनि कर उठाउने पक्षमा थियो । लामो समयको विवाद पछि आन्तरिक राजश्व कार्यालयले पठाओलाई करको दायरामा ल्याउन लागेको हो । आन्तरिक राजश्व कार्यालयले पठाओ सेवालाई करको दायरामा ल्याउने प्रक्रिया लामै समयदेखि चलेको थियो । त्यसमा ठोस निर्णय भएको छ , उक्त कार्यालयले उल्लेख गरेको छ । प्रारम्भिक रुपमा गरिएको अध्ययनका आधारमा उक्त कराको परिणाम निर्धारण गरिएको हो, आन्तरिक राजश्व कार्यालय स्रोतले भन्यो ।

यसअघि कर कार्यालयले टुटललाई ३ करोड रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने उल्लेख गरेको छ । भ्याट उठाएर सरकारलाई दाखिला नगरेको कर कार्यालयको भनाई छ । यद्यपी टुटल संचालकले कमिसनमा कर नलगाएर कारोबारमा कर लगाउने काम गरेको बताएका छन् । टुटल सेवा अब भ्याटमा दर्ता हुनुपर्छ र नियमानुसार कर तिर्नु पर्छ, अन्यथा सेवा सञ्चालन गर्न समेत पाइने छैन, आन्तरिक राजश्व कार्यालय स्रोतको भनाइ छ ।

निश्चित रकम भन्दा बढी वार्षिक कारोवार गर्ने जुनसुकै निकायले पनि भ्याटको दायरामा आउँनु पर्छ । सोही आधारमा पठाओलाई करको दायरामा ल्याइएको हो , अब उम्कने ठाँउ छैन ।अहिलेको यातायात ऐन अनुसार रातो नम्बर प्लेटले यात्रु बोक्न पाइदैन । दुवै सेवा प्रदायक कम्पनीले मोबाइल एप्स मार्फत मोटरसाइकल चालक र यात्रुबीच मध्यस्तकर्ताको काम गर्दै आएका छन् । टुटल र पठाओले यात्रु बोक्ने विषयमा विवाद भइरहेको छ । जसको निश्चित प्रतिशत रकम कम्पनीले लिन्छ भने बाँकी मोटरसाइकल चालकले लिने गरेका छन् । अहिले दुवै कम्पनीमा गरेर १० हजारभन्दा बढी मोटरसाइकल चालकले यस्तो काम गर्दै आएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।