logo

निजी क्षेत्रबाट मौद्रिक नीतिबारे सुझाव सङ्कलन

    1422   पटक पढिएको

६ असार / अर्थ र व्यापार - आगामी दिनमा मूल्य स्थिरता, उच्च आर्थिक वृद्धिदर र खुला बजारलाई प्रतिस्पर्धी बनाउन नेपाल राष्ट्र बैंंकले  निजी क्षेत्रका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका–संसद्मा आव २०७४/०७५ को बजेट पेस भएको २० दिनपछि आज राष्ट्र बैंकले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, बिमा समिति, बैंकर्स एसोसिएसनलगायत निजी क्षेत्रका विभिन्न संस्थाको उपस्थितिमा सुझाव सङ्कलन गरेको हो ।

सामान्यतया बजेट पेस भएको ३० दिनपछि राष्ट्र बैंकले आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्छ । राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति मुलुकको समग्र आर्थिक नीतिको दस्तावेज हो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर, बैंकर्स सङ्घ, विकास बैंक, नेपाल विप्रेषण सङ्घ, नेपाल आर्थिक सङ्घ, ऊर्जा सङ्घ, विदेशी मुद्रा सटही सङ्घ, निक्षेप तथा कर्जा संरक्षण कोषलगायतमा संलग्न प्रतिनिधिले सरकारको ढुकुटीमा रहेको रकम परिचालन गर्नुपर्ने, व्याज दरमा कमी गर्नुपर्ने, विदेशी मुद्रा सटहीलाई सरल बनाउनुपर्ने, सुन आयातको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने, रुग्ण उद्योग र कृषि क्षेत्रलाई सरल–सुलभ ढङ्गले कर्जा प्रवाह गर्नुपर्ने, घर कर्जामा लगानी दर वृद्धि गर्नुपर्नेलगायत विषयलाई मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव दिए  ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।