logo

अब भारतमा सीए पढे नेपालमा अमान्य हुने

    1585   पटक पढिएको

२१ असार / अर्थ र व्यापार – चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयनमा आए गुणस्तरीय शिक्षाबाट नेपाली विद्यार्थी वञ्चित हुने ठानिएको छ । एक वर्षपछि (२०७५ साउन १ देखि) भारतमा पढेकाले नेपालमा सीएको मान्यता पाउने छैनन् ।
आइक्यान लेखापरीक्षकको नियामक र अन्यायिक निकाय हो । सरकारी प्रतिनिधिसहित ६ जना सदस्यले लिखित असहमति (नोट अफ डिसेन्ट) जनाए पनि बहुमतबाट यस्तो निर्णय भएको हो । चार्टर्ड एकाउन्टेन्ट १०, रजिष्टर्ड अडिटर ४ र सरकारी प्रतिनिधि ३ गरी १७ जनाको आइक्यान बोर्ड हुन्छ । अर्थ मन्त्रालय, महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयका एक एकजना प्रतिनिधिले आइक्यानमा प्रतिनिधित्व गर्छन् ।
भारतमा सीए पढ्न जानेको लर्काेका कारण देशभित्रका शिक्षण संस्थाले पर्याप्त विद्यार्थी पाउन नसकेपछि तिनकै प्रभावमा बिना अध्ययन, गैरजिम्मेवमर निर्णय गरिएको आरोप कतिपय सीएले लगाएका छन् । आइक्यानले भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आईसीएआई) ले नेपालमा पढेका सीएलाई मान्यता नदिएको कारण जनाई यस्तो निर्णय गरेको हो । दुई देशबीचका संस्थाबीच एकअर्का देशमा पढेका सीएलाई मान्यता (म्युचुअल रिकग्निसन) दिने प्रचलन छ । नेपालले यस्तो मान्यता दिए पनि भारतले नेपालमा पढेका सीएलाई मान्यता दिएको छैन । आइक्यानले एकतर्फी मान्यता दिने अन्तराष्ट्रिय प्रचलन नभएको भन्दै यस्तो निर्णय गर्नुपरेको छ ।
संस्थाले यस्ता विषय दुवै संस्थाबीच पारस्परिकताका आधारमा निर्धारण गरिने भए पनि यस्तो हुन नसकेकाले निर्णय लिन बाध्य भएको उल्लेख गरेको छ । आइक्यान र आईसीएआई बीच म्युचुअल रिकग्निसन एग्रिमेन्ट (एमआरए) का लागि २७ जेठमा बैठक बसेको थियो । त्यसमा आईसीआईले एमआरएका लागि सकारात्मक रहेको सन्देश दिएको थियो । तैपनि आइक्यानले भारतीय समकक्षी संस्थाको निर्णय नपर्खी निर्णय लिएको छ ।
आइक्यानले आवश्यक र योग्य सीए यत्पादन गर्ने पुर्वाधार देशभित्रै तयार भइसकेको उल्लेख गरेको छ । देशमै सीए उत्पादन गर्न सक्षम रहेको अवस्थामा पनि बर्सैनी ठुलो धनराशी बाहिरिएकाले पनि यसलाई रोक्नुपर्ने संस्थाको जिकिर छ । सीएको नेपालको पाठ्यक्रमलाई परिमार्जन गर्दै लगेको र परिमार्जित पाठ्यक्रम आईसीएआईले जारी गरेको पाठ्यक्रमसँग फरक पर्ने समेत कारणमा उल्लेख गरेको छ ।
नेपालको सीए पाठ्यक्रमले अहिलेसम्म अन्तराष्ट्यि मान्यता पाएको छैन । भारतको सीए पाठ्यक्रमले विश्वका सबैजसो देशमा मान्यता पाइसकेको छ । यस्तो अवस्थामा नेपालको सीए शिक्षा कति प्रभावकारी र योग्य छ भन्ने प्रश्न उब्जिएको छ । गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी भारत जान बाध्य छन् । नेपाल भारतबीच एमआरए नभएको विषय साउथ एसिया फेडेरेसन अफ एकाउन्टेन्स (एसएएफए) मा समेत छलफल भइसकेको थियो । 
निर्णय कार्यान्वयन भए भारतका साथै सार्क सदस्य देशसँगको एमआरएसमेत गुम्न सक्ने छ । अध्ययन नै नगरी भएको निर्णयले कस्ता समस्या ल्याउन सक्छ भन्ने आँकलन गरिएको छ । लेखापरीक्षकको नियामक तथा अर्धन्यायिक निकाय आइक्यानले ६ सदस्यको लिखित असहमति भए पनि बहुमतबाट यो निर्णय लिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।