logo

नेपाली कम्पनीले अन्तशुल्क स्टीकर छपाईमा प्राविधिक क्षमता नभएकोले विदेशमा छापिएको दाबी

    1544   पटक पढिएको

 २१ मंसिर/ अर्थ र व्यापार - सरकारले नेपाली कम्पनीले  अन्तशुल्क स्टीकर छपाईमा प्राविधिक क्षमता नभएकोले विदेशमा छापिएको दाबी गरेको छ । एउटा मदिराको बोतलमा सरकारले ३६०० देखि ४ हजार रूपैयाँसम्म राजस्व संकलन गर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर विदेशमा स्टीकर छापिएको स्पस्ट पारेको हो । राजस्व सचिव शिशिरकुमार ढुंगानाले पाँच पटक ग्लोबल टेन्डरमार्फत अन्तशुल्क स्टीकर छपाइ गरिरहेको जानकारी दिए । उनले प्रत्येक पटक छपाइ गर्दा सुरक्षाका नयाँ विशेषता थप गर्दै गइरहेको र समय सापेक्ष बनाइएको जानकारी दिए । सरकारले आयकरबाहेक वार्षिक करिब ६५ अर्ब रूपैयाँ राजस्व मदिराबाट प्राप्त गर्ने भएकाले सुरक्षित मुद्रणलाई ध्यान दिइएको उनले जानकारी दिए ।

सरकारले २२ अर्ब रूपैयाँ लगानीमा सुरक्षण मुद्रण स्थापना गर्न लागेको र त्यसअघि कसैले पनि सुरक्षण मुद्रणको अधिकार प्रयोग गर्न नपाउने ढुंगानाले जानकारी दिए । अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धात्मक व्यवस्थाअनुसार सरकारले स्टीकर छपाइ गरिरहेको र क्षमता पुग्ने नेपाली छपाई कम्पनीले पनि यसमा भाग लिन सक्ने जानकारी दिए । कानुनी व्यवधानका कारणले स्टीकर छपाईमा ढिलाइ भए आफूहरूले मदिरा उत्पादकले स्टिकर नपाउने अवस्था आउन सक्नेतर्फ उनले सचेत गराए । इन्टरग्राफ लगाइएका स्टीकर पनि नक्कली भेटिएको भन्दै उनले सुरक्षा संवेदनशीलतामा सम्झौंता गर्न नसकिने उल्लेख गरे ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले मुद्रण विभागबाट छापिएका स्टीकरमा समस्या देखिएको र त्यो विषय राष्ट्रिय चासोको विषय बनेकाले आफूहरूले सुरक्षालाई सधैं प्राथमिकता दिएको बताए । सुरक्षा संवेदनशीलतालाई हेरेर सुरुमा मदिराको कार्टुनमा स्टीकर टाँस्ने व्यवस्था गरेकोमा अहिले प्रत्येक बोतलमा लगाउनुपर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

विभागको अनुभवले भारतमा छापिएका स्टीकर सबैभन्दा कमजोर देखिएको उनले बताए । मदिरा, चुरोट र सुर्तीजन्य वस्तुबाट विभागले उठाउने मध्ये एक चौथाई राजस्व संकलन गर्ने भएकाले गम्भीरतापूर्वक हेरिएको नेपालले बताए । सरकारले अन्तशुल्क स्टिकर छाप्न सुरक्षाको मापदण्ड पूरा गर्न स्वदेशी कम्पनीलाई नै प्रयोग गर्न सक्ने पनि उनले जानकारी दिए । विभागले मौज्दातलाई ध्यानमा राखेर छपाइका काम गरिरहेको उनले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।