logo

सोमवार पारित भएको कर्मचारी समायोजन अध्यादेश अझै राष्ट्रपति कार्यालय पुगेन

    1296   पटक पढिएको

२१  मंसिर/ अर्थ र व्यापार -  मन्त्रिपरिषदबाट गत सोमवार पारित भएको कर्मचारी समायोजन अध्यादेश शुक्रबार बिहानसम्म राष्ट्रपति कार्यालयमा पुगेको छैन । सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने बिहीवारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले समायोजन अध्यादेश पारित भएको निर्णय आफूलाई थाहा नभएको बताए । जब कि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश क्याबिनेटबाट स्वीकृत भएर राष्ट्रपतिसमक्ष पठाइएको बताएका थिए । सरकारको आधिकारिक निर्णयमा समायोजन अध्यादेश पारित भएको नआउनु र राष्ट्रपति कार्यालययमा पनि नपुग्नुले चलखेलको आशंका जन्माएको छ ।

कर्मचारी समायोजन अध्यादेशमा आफू अनुकुल हेरफेर गर्न उच्च प्रशासकहरुले चलखेल गरेको आरोप कर्मचारी युनियनका नेताहरुले लगाएका छन् । सोमवारको मन्त्रिपरिषद बैठकले पारित गरेको समायोजन अध्यादेशका केही बुँदा हेरफेर गर्न मुख्यसचिव तहबाटै चलखेल भएको युनियनका नेताहरुको आरोप छ । प्रदेशको प्रमुख सचिव पदमा खटाउँदा राजपत्रांकित विशिष्ठ श्रेणीका कर्मचारीमध्येबाट जेष्ठताका आधारमा गरिने अध्यादेशमा उल्लेख थियो । त्यसैगरी प्रदेश मन्त्रालयको सचिव पदमा खटाउँदा सम्बन्धित सेवा, समूह वा उपसमूहका कर्मचारीलाई जेष्ठताका आधारमा खटाइने भन्ने प्रावधान अध्यादेशमा थियो । उच्च प्रशासकहरुले सो प्रावधान हटाउन चाहेको स्रोत बताउँछ ।

अध्यादेशमा ल्याइएको नयाँ प्रावधानले अहिले सिंहदरबारमा रजाइँ गरेर बसेका बरिष्ठ र पावरफूल सचिव तथा सहसचिवहरु प्रदेशमा जानुपर्ने भएपछि उनीहरुले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत दबाव बढाएको स्रोत बताउँछ । स्रोतका अनुसार मन्त्रिपरिषदले पारित गरेको सो अध्यादेशमा मुख्यसचिव रेग्मीले हस्ताक्षर नगरेका कारण राष्ट्रपति कार्यालयमा पठाइएको छैन ।
सत्तारुढ नेकपासम्वद्ध नेपाल निजामति कर्मचारी संगठनका पूर्वअध्यक्ष मोहन घिमिरेले समायोजन अध्यादेशको एउटामात्रै सकारात्मक बुँदा सचिव र सहसचिव जेष्ठताबाट समायोजन हुने कुरालाई पुनः हटाउने चलखेल भएको आरोप लगाएका छन् । उनले यो बुँदा हटाउने हो भने समायोजनको औचित्य नहुने बताए । 

नेपाल सरकार बरिष्ठतम सचिव र प्रभावशाली सहसचिवहरुको चलखेलका कारण कर्मचारी समायोजन जटिल भएको आरोप कर्मचारी युनियनका नेताहरुले लगाएका छन् । आफू सिंहदरबार छाडेर तल जानुपर्छ भनेर क्याबिनेटको निर्णय नै उल्ट्याउने उच्च प्रशासकहरु साना कर्मचारीलाई भने डण्डा लगाउन उद्दत्त भएको आरोप उनीहरुको छ । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले एक कदम अघि बढेर प्रदेशको प्रमुख सचिव नभई संघीय सरकारको मुख्य सचिव बन्न नपाइने र प्रदेश मन्त्रालयको सचिव नभई संघीय सरकारको सचिव बन्न नपाइने प्राबधान राख्ने माग गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।