logo

१९४ रोजगारदाता सामाजिक सुरक्षा योजनामा  सूचीकृत

    1400   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार -  प्रधानमन्त्री केपी शर्मा ओलीबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरुवात भएपछि १९४ रोजगारदाता सूचीकरण प्रक्रियामा सामेल भएका छन् । राजपत्रमा सूचीकरण हुन सूचना प्रकाशित गरी योजनामा सूचीकरणका लागि प्रदेशगत समयतालिका सार्वजनिक भए बमोजिम मंसिर २० गतेसम्ममा १९४ रोजगारदाता सूचीकृत भएका हुन् ।

सामाजिक सुरक्षा कोषले सूचीकृत रोजगारदाताको नामावली समेत सार्वजनिक गरिएको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचीकरणलाई सहज र सरल बनाउन अनलाइन पद्धति अपनाइएका बताए । रोजगारदाता आफू दर्ता भएको तीन महिनाभित्र आफ्नो प्रतिष्ठान वा संस्थामा कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । यी व्यवस्था र अनलाइन दर्ता प्रकृयाका कारणबाट रोजगारदाता तथा श्रमिक एवं कर्मचारीको सूचिकरण आगामी दिनमा झन् तीव्र हुने विश्वास लिइएको उनले बताए ।

सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थाहरुलाई समयसीमा तोकिसकेको छ । काठमाडौं उपत्याकाका ३ जिल्लाभित्रका रोजगारदाताहरु मंसिर ६ देखि फागुन ६ गतेभित्र कोषमा दर्ता हुनुपर्ने कोषका प्रमुख अधिकारीले जानकारी दिए । उपत्यकाबाहेक प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ भित्र, प्रदेश १ काले पुस १ देखि चैत १ सम्म, प्रदेश २ काले पुस १५ देखि चैत १५ सम्म र गण्डकी एवं प्रदेश ५ का बासिन्दाले माघ १ देखि बैशाख १ गते तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका रोजगारदाताले माघ १५ देखि वैशाख १५ भित्र कोषमा निवेदन दर्ता गराउनुपर्छ । यो निवेदनका आधारमा कोषले रोजगारदातालाई सूचीकृत गर्छ र दर्ता नम्बर दिने प्रमुख अधिकारीले बताए । कोषमा आवद्ध भएको मितिले तीन महिनाभित्र सबै रोजगारदाताले आफ्ना स्थायी, अस्थायी, ज्यालादारी र करारमा काम गर्ने सबै कामदारको विवरण रोजगारदताले सामाजिक सुरक्षा कोषमा अनलाइनमार्फत पठाउनुपर्छ । जसलाई कोषले प्रमाणीकरण गर्नेछ र सूचीकरण भएका सबै कामदारलाई योगदानकर्ताका रुपमा दर्ता गर्छ ।

यही प्रक्रियाबाट आवद्ध भएका कामदारले कोषबाट पेन्सनसहितका सुविधा प्राप्त गर्ने श्रम तथा रोजगार मन्त्रालयका सहसचिपव रामप्रसाद घिमिरेले जानकारी दिए ।यो बीचमा पनि आफूले काम गर्ने, उद्योग, प्रतिष्ठान र संस्थाले समाजिक सुरक्षा कोषमा आवद्ध नभए कामदारले त्यसको जानकारी सुरक्षा कोषमा दिन सक्छन् । सामाजिक सुरक्षा कोषमा रोजगारदाताले श्रमिकको न्युनतम् तलबको १० प्रतिशत सञ्चय कोष वापत र ८.३३ प्रतिशत उपदान वापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष वापत गर्नेे १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत जम्म हुन्छ ।

यसबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ । यस अन्तरगत निवृत्तिभरण योजना र अवकाश सुविधा योजना ल्याइएको छ । योजनामा सहभागी हुन श्रमिकले ०७४ साल भदौ १९ गते भन्दा अगाडिको उपादान वापत प्राप्त गर्नेे रकम रोजगारदाताबाट भुक्तानी लिएर सो भन्दा पछाडिको उपदान रकम मात्र योजनाका लागि पठाउनुपर्नेे व्यवस्था गरिएको छ । निवृत्तभरण योजनामा २०७६ साल श्रावण १ गते पश्चात भर्ना भएका श्रमिकहरु सहभागी हुन सक्छन् । सञ्चय कोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरुको हकमा श्रकिमहरुले सामूहिक सम्झौता भएको अवस्थामा मात्रै समावेश हुन सक्नेछन् । रोजगारदाता समाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न बाध्य हुने व्यवस्था गरिए पनि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरिरहेकाहरुलाई छुट दिइएको छ । कतै आवद्ध नभएका श्रमिकलाई भने कोषमा अनिवार्य आवद्ध गर्नुपर्ने व्यवस्था छ ।

?
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।