logo

मौद्रिक नीति वुधवार आउदै : सिआरआर घटाउने देखी बित्तिय संस्थाहरुको मर्जर सम्मको तयारी 

    2090   पटक पढिएको

२५ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले आगामी मौद्रिक नीति बुधबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 
आगामी मौद्रिक नीतिमा सिआरआर घटाउने, बाणिज्य बैंकहरुका शाखाको छुट्टै लेखापरीक्षण गराउने देखी बित्तिय संस्थाहरुको मर्जर सम्मको नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको छ । 

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्था र क्षेत्रीयस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीलाई मर्जरमा लैजाने नीति लिने भएको छ । संस्थाहरुको वित्तीय स्वास्थ्य र पहुँचका आधारमा मर्जरलाई अगाडि बढाउने रणनीति तय गरिने स्रोतको दावी छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई मर्जरमा लैजाने नीति लिए पनि पूँजी बृद्धि भने नगर्ने बताईएको छ। 

यस्तै आगामी मौद्रिक नीतिमा बाणिज्य बैंकहरुका शाखाका अनिवार्य रुपमा छुट्टै लेखापरीक्षण गराउनु पर्ने ब्यवस्था गर्ने भएको छ। राष्ट्र बैंकले पहिलो चरणमा निष्चित निक्षेप र ऋण कारोबार गर्ने शाखाहरुमा लेखापरीक्षण अनिवार्य गर्ने छ । त्यसपछि लेखापरीक्षणको दायरा बढाउँदै लैजाने केन्द्रीय बैंकको योजना छ ।

यस्तै नेपाल राष्ट्र बैंकले वित्तीय सन्तुलनका लागि प्रादेशिक रुपमा ऋण विस्तार नीति लिने भएको छ । मौद्रिक नीतिमा स्रोतको उचित बाँडफाँडका लागि प्रादेशिक रुपमा ऋण विस्तार गर्दै लैजाने नीति लिन लागेको हो। खासगरी उत्पादनमूलक र साना तथा मझौला उद्यममा जाने ऋणलाई सन्तुलित रुपमा बिस्तार गर्ने योजना  छ ।

राष्ट्र बैंकले सरकारी कार्यक्रमभित्र रहेको सर्टिफिकेट धितो, वैदेशिक रोजगारबाट फर्किएकालाई दिइने ऋण पनि प्रादेशिक रुपमा प्रवाह गर्ने नीति लिने छ ।

यस्तै आगामी मौद्रिक नीतिमा लगानी योग्य पूँजीको समस्यालाई केही हदसम्म समाधान गर्न नेपाल राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सिआरआर) घटाउने भएको छ । राष्ट्र बैंकले सिआरआर आधादेखि एक प्रतिशत बिन्दुले घटाउन लागेको हो ।
राष्ट्र बैंकका उच्च व्यवस्थापनले पाँच बर्षदेखि स्थीर रहेको सिआरआर चलाउन लागेको हो। अहिले बाणिज्य बैंकहरुका लागि ६ प्रतिशत, विकास बैंकलाई ५ प्रतिशत र फाइनान्स कम्पनीलाई ४ प्रतिशत सिआरआर तोकिएको छ।

दुई बर्षयता बैंकिङ प्रणालीमा ऋण दिने पैसाको अभाव हुँदा ब्याज दर उच्च रुपमा बढिरहेको छ । बैंकहरुले ब्याज बढाउँदासमेत निक्षेप परिचालन हुन सकेको छैन । त्यही भएर राष्ट्र बैंकले मौद्रिक औजारबाट तरलता उपलब्ध गराउन खोजेको हो ।
राष्ट्र बैंकले सिआरआरसँगै वैधानिक तरलता अनुपात (एसएलआर) मा पनि लचकता अपनाउँदैछ। ’ब्याज दर करिडोरलाई थप मजबुत बनाइने छ,’ स्रोतले भन्यो, ’निजी क्षेत्रमा यसपाली राष्ट्र बैंकले सिआरआरसँगै एसएलआरमा पनि लचकता अपनाउन खोजेको छ। त्यसो हुँदा बजारमा लगानी योग्य रकम थप उपलब्ध हुने छ।

यस्तै राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा ऋण लगानी बढाउन पुनर्कर्जा कोषको रकम थप्ने भएको छ । १० अर्ब ८४ करोडको पुनर्कर्जा कोषलाई राष्ट्र बैंकले २० अर्ब पुर्याएको थियो । राष्ट्र बैंकले यसलाई २५ अर्ब रुपैयाँ पुर्याउने छ ।

राष्ट्र बैंकले पुनर्कर्जालाई बढाउँदै ब्यक्तिगत ओभरड्राफ्टमा पनि कडाइ गर्ने भएको छ। व्यवसायिक प्रयोजनका लागि जाने ओभरड्राफ्टमा नरम नीति लिने राष्ट्र बैंक स्रोतको दावी छ । प्रयोजन नखुलाइ प्रयोग गरिने ओभरड्राफ्टमा भने राष्ट्र बैंकले कडाइ गर्ने नीति लिने भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।