logo

राष्ट्रिय गौरवका आयोजनाहरुद्वारा विनियोजित बजेटको एक तिहाई रकम मात्रै खर्च

    1727   पटक पढिएको

१९ चैत्र /अर्थ र व्यापार - राष्ट्रिय गौरवका आयोजनाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदा विनियोजित बजेटको एक तिहाई रकम मात्रै खर्च गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको गौरवका आयोजनाको खर्च विवरणअनुसार फागुन मसान्तसम्ममा ती आयोजनामा विनियोजित बजेटको ३४.५ प्रतिशत रकम खर्च भएको छ । कार्यालयका अनुसार यो अवधिमा विनियोजित ८७ अर्ब ४९ करोड रुपैयाँमध्ये ३० अर्ब २० करोड रुपैयाँ बराबरको खर्च  भएर भूक्तानी भएको छ । वर्षको पहिलो ६ महिनामा करिब २८ प्रतिशत रकम भूक्तानी भएको थियो । पछिल्लो दुई महिनामा ७ प्रतिशत विन्दूले खर्च बढेको छ । पुससम्ममा सरकारले २६ अर्ब रुपैयाँ खर्च गरेकोमा थप दुई महिनामा ८ अर्ब रुपैयाँ भूक्तानी दिइएको छ । 

कार्यालयले तयार गरेको विवरणअनुसार ठूला पूर्वाधार आयोजनामा अहिले खर्च बढेको छ । सडक तथा हवाई यातायातका पूर्वाधारमा सरकारी खर्च बढेको महालेखा नियन्त्रकको तथ्यांकमा उल्लेख गरिएको छ । कार्यालयका अनुसार सबैभन्दा राम्रो प्रगति भैरहवा विमानस्थल (दक्षिण एसियाली पर्यटन पूर्वाधार आयोजना)को छ । यो आयोजनाले सुरुवाती विनियोजन भन्दा धेरै बजेट खर्च गरेको छ । आयोजनालाई ६ अर्ब ८३ करोड रुपैयाँ बजेट दिइएको भए पनि ७ अर्ब रुपैयाँ भन्दा धेरै खर्च भएको छ । अर्थ मन्त्रालयले अपुग रकम केही अघि रकमान्तर गरेर दिएको थियो ।

सुरुङ निर्माण तीव्रताका साथ अघि बढिरहेको भेरी(बबई डाइभर्सन बहुउदेश्यीय आयोजनामा ३० प्रतिशत रकम खर्च भएको कार्यालयले उल्लेख गरेको छ । आयोजनामा ६ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । कालीगण्डकी, कोशी र कर्णाली करिडोरअन्तर्गत उत्तर दक्षिण राजमार्गमा ६१ प्रतिशत रकम खर्च भएको छ । दुई अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा १ अर्ब ४२ करोड रुपैयाँ खर्च भइसकेको छ । यो तीवटा बाटोमध्ये कालीगण्डकी करिडोरको खर्च सबैभन्दा राम्रो छ । यो आयोजनालाई केही दिनअघि ३० करोड रुपैयाँ थप बजेट दिइएको छ ।

अर्को सडक आयोजना पुष्पलाल (मध्यपहाडी) राजमार्गमा ८५ प्रतिशत खर्च भएको छ । कूल ५ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ४ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । ८ महिना सकिँदा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि ६ अर्ब १७ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको छ । आयोजनाको अन्य पूर्वाधार निर्माणको काम अघि बढेको छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।