logo

निजी लगानीमा देशकै ठूलो जलविद्युतका लागि जुट्यो स्रोत, १९ अर्ब ६५ करोड ऋण लगानी

    1236   पटक पढिएको

२ पुष / अर्थ र व्यापार - दोलखास्थित १६० मेगावाटको लाप्चे खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको टुंगो लागेको छ। नेपाल बैंकको नेतृत्वमा पाँच संस्थाले परियोजनामा ऋण लगानी गर्ने भएका हुन्। सनराइज बैंकका अध्यक्षसमेत रहेका मोतीलाल दुगडको कम्पनी नासा हाइड्रोपावरले अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानीसमेत ल्याएर परियोजना निर्माण गर्ने भएको छ। निजी क्षेत्रबाट लगानी भएको लाप्चे देशकै ठूलो जलविद्युत परियोजना हो।

’अहिले सफ्ट क्लोजिङ मात्र भएको हो। अबको महिनादिन भित्र पूर्ण रूपमा ब्यवस्थापन गर्नेछौं,’ बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थ र व्यापारसँग भने, ’त्यसबेला अरू संस्थाहरू पनि थपिने छन्।’

अहिले नेपाल बैंक, कर्मचारी सञ्चय कोष, नेपाल एसबिआइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमइ, राष्ट्रिय बाणिज्य बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऋण लगानी गर्ने टुंगो लागेको छ। ग्लोबल आइएमइ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक भने पछि टुङ्गो भइसकेको छ। यसबाहेक पनि अन्य बैंक आउने बारे छलफल भइरहेको छ।

’बैंंकहरुबाट १९ अर्ब ६५ करोड रूपैयाँको ऋण दिने समझदारी भएको छ,’ बैंकको नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त भट्टले भनिन्, ’अब पाँच अर्बजति ब्यवस्थापन गर्न बाँकी छ। त्यो पनि महिनादिन भित्र हामी गरिसक्छौं।’

परियोजनामा नेपाल बैंकको मात्र ५ अर्ब रूपैयाँ ऋण लगानी हुनेछ, जुन उसको अहिलेसम्मकै ठूलो लगानी हो। हिजो भएको सम्झौता अनुसार पाँच संस्थाबाट १३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुने छ। नेपाल बैंकको ५ अर्ब, नेपाल इन्भेष्टमेन्टको साढे तीन अर्ब, सञ्चय कोषको २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकको २ अर्ब र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँ ऋण टुङ्गो लागेको हो।

परियोजनामा मोतीलाल दुगडका छोरीका छोरा (नाति) ले पनि लगानी गर्ने छन्। उनी अमेरिका बस्ने गैरआवासीय नेपाली हुन्। प्रवर्द्धकहरूले २५ प्रतिशत लगानी गर्ने छन्, यसमध्ये २० प्रतिशत दुगडका नाति सम्राट मोगाको हुने छ।  परियोजनाको कुल लागत २६ अर्ब २० करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ। यसको ७५ प्रतिशत बैंकहरुले लगानी गर्न लागेका हुन्।

उनले यसअघि पनि अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भित्र्याइसकेका छन्। यो परियोजनामा पनि मोगाले अमेरिकी लगानी भित्र्याउने बैंकहरूले जनाएका छन्। आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

दोलखाको लामाबगरमा लाप्चे खोलामा निर्माण हुने आयोजनालाई दुई वर्षअघि आजकै दिन अर्थात २०७४ पौष २ गते निर्माण अनुमति दिइएको थियो। निर्माण अनुमति पाएको दुई वर्षमा आयोजनाले वित्तीय व्यवस्थापन टुंगो लगाउनु पर्छ। त्यही भएर मंगलबार हतारहतार वित्तीय ब्यवस्थापन गरिएको हो।

यसअघि दुगड ग्रुपले नै विदेशी साझेदार राखेर निर्माण गरिरहेको ८२ मेगावाटको तल्लो सोलु निजी क्षेत्रबाट लगानी भएको अहिलेसम्मको ठूलो परियोजना थियो। दुगड समूहले पहिलो आयोजनाको ठ्याक्क दोब्बर परियोजना निर्माण अगाडि बढाएको हो। सोलु हाइड्रोपावर कम्पनीमार्फत प्रवर्द्िधत त्यो आयोजना सोलुखुम्बुको सल्लेरीमा निर्माणाधीन छ। करिब ९० प्रतिशत हाराहारी निर्माण सम्पन्न भइसकेको छ। यो परियोजना १६ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको छ। 

’विद्युत प्राधिकरणको नियमअनुसार बित्तीय व्यवस्थापन गरिहाल्नुपर्ने भएकाले अहिले हतारहतार गरिएको हो,’ एक बैंकका प्रमुख कार्यकारीले भने, ’जुन-जुन बैंकको सञ्चालक समितिबाट स्वीकृति भएको छ, ती-ती संस्थाले अहिले हस्ताक्षर गरेका हुन्। अरू बैंक पनि इच्छुक छन्। यो महिनाभित्र उहाँहरुलाई पनि सहभागी गराएर अन्तिम हस्ताक्षर गर्ने छौं।’ ऋण समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरु र परियोजनाका अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन्।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।