logo

मन्त्रिपरिषदबाट कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत, राष्ट्रपतिबाट स्वीकृत हुन बाँकी

    1111   पटक पढिएको

१८ मंसिर/ अर्थ र व्यापार - लामो समयदेखि रोकिएको कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । सोमबार रातिको मन्त्रिपरिषद्ले गरेको निर्णय औपचारिक रूपमा सार्वजनिक भएको छैन । 

मन्त्रि परिषद स्रोतका अनुसार बैठकले अध्यादेश जारीका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपति पोल्याण्ड भ्रमणबाट फर्किएपछि अध्यादेश स्वीकृत हुनेछ । कानुन मन्त्रालयले शुक्रबार अध्यादेश मन्त्रिपरिषद् पठाएको थियो । संसद् अधिवेशन नभएका बेला सरकारले तत्काल कुनै काम गर्न उपयुक्त ठानेमा अध्यादेश सिफारिस गर्न सक्ने संवैधानिक व्यवस्था छ । यस्तो अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र प्रतिस्थापन गरिसक्नु पर्नेछ । प्रतिस्थापन नभएमा स्वतः निष्क्रिय हुनेछ ।
अध्यादेश जारीपछि प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया अघि बढ्नेछ ।

यसअघि पारित भएको कर्मचारी समायोजन ऐन अनुसार संघमा कार्यरत कर्मचारीले समायोजन प्रक्रियामा भाग नलिने अडान लिएपछि अध्यादेशको तयारी गरिएको थियो । अध्यादेश अनुसार सरकारले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीका लागि ग्रेड वृद्धि लगायतका सुविधाको व्यवस्था गरेको छ । बढुवाका लागि योग्यता पुगेका तहमा कार्यरत कर्मचारीलाई माथिल्लो तहको सेवा सुविधासहित समायोजन गरिँदैछ । प्रदेशमा कार्यरत प्रमुख सचिव, सचिव लगायतलाई निजामति सेवाको माथिल्लो तहको बढुवामा केन्द्रका कर्मचारीसँग प्रतिस्पर्धाको अवसर हुनेछ । 

अध्यादेशले यसअघिको ऐनले गरेका धेरै व्यवस्थालाई निरन्तरता दिएको छ । समायोजनमा जान चाहनेका लागि पहिलो चरणमा निवेदन माग गरिनेछ । निवेदन दिने समयभित्र समायोजनमा जान इच्छुक कर्मचारीलाई त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित कार्यालयमा खटाउनेछ । यसरी खटाएको ३५ दिनभित्र तोकिएको कार्यालयमा पुगिसक्नु पर्नेछ ।
तोकिएको अवधिभित्र कार्यालयमा नपुगे अवकाश दिनसम्मको व्यवस्था अध्यादेशले समेटेको छ । जन नसक्नुको कारण पेस गर्ने अधिकार भने अध्यादेशले कर्मचारीलाई दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।