logo

घर तथा कार्यालयमै बसेर ट्याक्सी बोलाउन ‘यात्रु’ मोबाइल एप

    1090   पटक पढिएको

२४ मंसिर / अर्थ र व्यापार - अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ‘यात्रु’ले मोबाइल एप सार्वजनिक गरेको छ । मोबाइल एपको माध्यमबाट ट्याक्सी आफ्नो घर तथा कार्यालयमै बोलाउन मिल्नेगरी अब यात्रुले सेवा औपचारिक रुपमा सेवा सुरु गरेको हो । कम्पनीका अनुसार ग्राहकले आफ्नो मोबाइलमा ‘यात्रु’ नामक एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । एपसँगै  फोन र एसएमएसको माध्यमबाट उक्त सेवा लिन सक्ने व्यवसस्था मिलाइएको कम्पनीले जनाएको छ ।

ग्राहकले फोन मार्फत ट्याक्सी अर्डर गर्दा १६६००१७००७० डायल गर्नुपर्छ भने  र एसएमएस गर्दा ३७००१ मा पठाएर ट्याक्सी अर्डर गर्न सक्नेछन् । ग्राहकले मोबाइल एपको माध्यमबाट ट्याक्सी अर्डर गर्छन् । अर्डर गरेपछि कम्पनीले सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फोन गर्छ । यसरी कम्पनीले ट्याक्सी अर्डर गरेको स्थान र गन्तव्य सम्बन्धी जानकारी लिन्छ । त्यसपछि सेवाबापत लाग्ने शुल्कबारे बताउँछ ।

ग्राहकले शुल्क बुझेपछि सेवा लिन चाहेमा वा अर्डर यात्रुको ट्याक्सीले अर्डर स्वीकृत गर्छ । ग्राहकले भनेको स्थान नजीक ट्याक्सी उपलब्ध नभए अर्डर नलिइने व्यवस्था कम्पनीले गरेको छ ।

‘अर्डरपछि ट्याक्सी जाममा परे ग्राहकले केहि समय पर्खनुर्पर्छ र ट्याक्सी ग्राहकले भनेको स्थानमा आइपुग्छ । यसरी ग्राहकले यात्रु एपमार्फत अनलाइन ट्याक्सी सेवा लिन सक्छन् । यात्रुमा आबद्ध हुनुअगावै कम्पनीले ट्याक्सी चालकलाई प्राविधिक लगायत विषयमा तालिम दिनेछ । उक्त तालीममा उनीहरूलाई ग्राहकसँग गर्ने व्यवहार र पिकअप तथा ड्रप गर्ने तरीका सिकाइनेछ ।

यात्रुका संस्थापक अनिल चौधरीले यात्रु अनलाइन ट्याक्सी सेवाले उपत्यकामा भएको ट्याक्सीको बेथितिलाई अन्त्य गर्ने बताउँछन् । ट्याक्सी सेवा चुस्त बनाउँदै यात्रुलाई सहज सुविधा दिन कम्पनी प्रतिवद्ध रहेको उनको भनाइ छ । पछिल्लो समय विश्वमा अनलाइनको माध्यमबाट व्यवस्थित ट्याक्सी सेवा सञ्चालन भइरहँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

नेपालमा ‘यात्रु’सँगै अन्य कम्पनीले पनि अनलाइनमार्फत ट्याक्सी सेवा दिँदै आएका छन् । दक्षिण एशियाली देशहरू भारत र बंगलादेशको सार्वजनिक यातायातको क्षेत्रमा समेत विभिन्न स्टार्टअप कम्पनी सञ्चालनमा छन् । यात्रु जस्तौ सारथी, पठाओ लागएतले पनि काठमाडौं उपत्यकामा अनलाइन ट्याक्सी सेवा दिइरहेका छन् ।

मिटरमा हिँड्न नमान्ने तथा बढी भाडा तिर्नुपर्ने समस्यालाई निरुत्साहित गर्नु नै यात्रुको मुख्य अभियान भएको बताउँछन् अनिल चौधरी । कम्पनीले सरकारले निर्धारण गरेको मिटर शुल्क लिने र ट्याक्सी चढेका ग्राहकलाई बिल अनिवार्य दिने छ ।

उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने हेतुले चालु बर्षदेखि  नेपालमा एप्लिकेशनरइन्टरनेटमा आधारित वा कल सेन्टरमा फोन गरेर ट्याक्सी बुक गरी सेवा लिन सकिने गरी यात्रु ट्याक्सी क्याब स्थापना भएको हो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।