logo

गोरखकाली रबर उद्योगलाई डेढ अर्बको ऋण

    1334   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – दुई वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योगमा अहिले पनि २ सय ४७ कर्मचारी छन् । तर, उद्योगमा कुनै काम नभएकाले उनीहरु हाजिर लगाउँछन् र घर फर्किन्छन् । राज्यले यी कर्मचारीहरुलाई न अवकाश दिन सकेको छ न समयमा तलब नै खुवाउन सकेको छ । कर्मचारीहरुको तलबमा मासिक १ करोड रुपैयाँ लाग्ने छ । १७ महिनादेखिको तलब बक्यौता रहेको छ ।

अहिले कर्मचारीलाई मात्रै दिनुपर्ने तलब २८ करोड पुगिसकेको छ । ५५ वर्षको उमेरमा अवकाश प्राप्त हुने यो उद्योगमा ५० जनाले अवकाश भएर पनि तलब पाएका छैनन् । सबै कर्मचारीहरु अहिले अवकाश हुन राजी छन् । तर आफ्नो बाँकी तलब र गोल्डेन ह्यान्डसेकको रकम पाउनुपर्ने उनीहरुको माग छ ।

उद्योगमा अहिले ८५ करोड रुपैयाँ ऋण छ भने बैंकको ब्याज ५० करोडभन्दा बढि तिर्न बाँकी छ । उद्योगको १ अर्ब ३५ करोडभन्दा बढि ऋण दायित्व छ । उद्योगलाई पुन सञ्चालन गर्ने हो भने तीन अर्ब रुपैयाँ चाहिने सरकारी अनुमान छ । २०४१ सालमा दर्ता भएको यो उद्योगले २०४९ सालदेखि उत्पादन थालेको हो । यसमा नेपाल सरकारको ३८ प्रतिशत सेयर छ भने साल्ट ट्रेडिङको २३ प्रतिशत सेयर छ । यसमा सर्वसाधारणको पनि लगानी छ ।

सञ्चालनको सुरुवाती दिनदेखि नै उद्योगको अवस्था राम्रो थिएन । सुरुदेखि बन्द हुँदासम्म कुल क्षमताको ४० प्रतिशत भन्दा बढि उत्पादन गर्न नसकेको हो । अधिकांश सामान विदेशबाटै आयात गरी नेपालमा उत्पादन हुने यो टायरको पछिल्लो समय लागत बढ्दै गएको थियो । लागत कम गर्नका लागि पूर्वी तराईमा रबर खेती गरिए पनि ठूलो मात्रामा लगानी गर्न नसक्दा त्यो फलदायी भएन । जसका कारण यो उद्योगले उत्पादनको लागि आवश्यक पर्ने अधिकांश सामान आयातमै निर्भर हुनुपरेको थियो ।

टायर उत्पादनका लागि झण्डै ७० वटा कच्चा पदार्थको आवश्यकता पर्दछ । एउटा टायर सामान्यत ६२ केजीको हुन्छ । जसका लागि आवश्यक पर्ने ४ केजी रोजीन मात्रै नेपालमा उत्पादन हुने गर्दछ । यो उद्योगले ‘म्यानुअल बेस’मा उत्पादन गर्ने गर्दछ । अर्थात् यसमा मेसीन सँगै मानिसको पनि ठुलो संख्यामा प्रयोग हुन्छ । अन्य मुलुकहरुमा भने अहिले रेडियो टेक्नोलोजीबाट टायर उत्पादन हुन्छन् ।

विदेशी मुद्रा सटही दरमा भएको परिवर्तनका कारण यो उद्योग स्थापना क्रममा नै ४० करोड रुपैयाँ घाटामा गएको थियो । चालु पुँजी नै अभाव भएका कारण यो उद्योगले सुरुदेखि नै राम्रो उत्पादन गर्न सकेन । भारतबाट अहिले ठुलो मात्रामा ठुलो खालका गाडीका टायरहरु अवैध रुपमा आउने गर्दछन् । भारतबाट साना टायर भनेर ढाँटेर अहिले पनि ठुला टायरहरुको आयात हुने गर्दछ । यसो गर्दा ठुलो मात्रामा कर छली हुन्छ र भारतबाट आयात भएका टायर नेपालमा हामीले उत्पादन गरेका टायर भन्दा सस्तो पर्दछन् ।

उद्योग सञ्चालनमा रहँदा पनि भारतबाट आयातित टायरको मूल्य ३२ हजार रुपैयाँ पर्दथ्यो । तर यसले उत्पादन गरेको टायर भने बजारमा ३६ हजार रुपैयाँ पर्दथ्यो । विदेशबाट आयात हुने कच्चा पदार्थमा लाग्ने करका कारण यसको मूल्य भारतबाट ज्ञअवैध रुपमा आयात हुने टायरको भन्दा बढि मूल्य पथ्र्याे । जसका कारण नै यो उद्योग टाट पल्टन पुग्यो । यो उद्योगलाई सरकारले निजीकरण गर्न खोजेको छ । तर कैयन कम्पनीहरु बुझ्ने र फर्किने गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।