logo

एक वर्षसम्म भाका नाघेको ऋण नतिरे कालोसूचीमा पर्ने

    2343   पटक पढिएको

३२ साउन / अर्थ र व्यापार – कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट १० लाख रुपैयाँ या सो भन्दा बढीको कर्जा सुविधा लिएर ऋण तिर्ने भाका नाघेको एक वर्षसम्म कर्जा भुक्तान नगरेमा ऋणी कालो सूचिमा पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

ऋणीले ऋण तिर्न नसकेको कारण र अवस्था नखुलाइ जानी जानी भाका नघाएमा वा नियमवश ऋण नतिरेमा कालो सूचीमा राख्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यसका साथै कर्जाको दुरुपयोग गरेमा अथवा जुन प्रयोजनका लागि कर्जा लिइएको हो सो परियोजनमा उपयोग नगरी अनेत्र उपयोग गरेमा ऋणी कालो सूचीमा पर्ने छ ।

ऋणीको कावुलभन्दा बाहिरको अवस्था बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप तथा दैवी प्रकोप परेमा, कालोसूचीमा समावेश हुनु अघि नै रुग्ण उद्योग पुनरुत्थान समितिको सिफारिशमा पुनरकर्जा प्रदान गरिएमा ऋणीले पुनरकर्जा उपयोग गर्न पाउने समयावधिसम्म ऋणीलाई कालो सूचीमा राख्न पाइने छ । 

नेपाल सरकारले ग्राहकलाई जायजेथा तथा व्यवसाय संचालनमा स्थान अधिग्रहण गरेमा पनि ऋणी कालोसूचीमा पर्ने छैन । भाका नाघेको कर्जाको साँवा ब्याज चुक्ता गरेमा वा ऋणीको खातामा पर्याप्त मौज्दात नभइ चेक जारी गरेको व्यक्ति कालोसूचीमा समावेश भएकोमा सो व्यक्तिले उक्त चेकको रकम चेक जारी गरेको व्यक्तिलाई भुक्तान गरेमा पनि ऋणी कालोसूचीबाट हट्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

ऋणीले सुरक्षणमा राखेको सामान तथा सम्पत्ति दुरुपयोग गरेमा, ऋणी गायव भएमा, प्रचलित कानुन बमोजिम ऋणी टाट पल्टेमा, इजाजतपत्र प्राप्त संस्थाले ऋणी विरुद्ध अदालतमा मुद्दा दायरा गरेको अवस्थामा, ऋण असुली न्यायधिकरणमा उजुरी दिएको अवस्थामा पनि राष्ट्र बैंकको यस्तो व्यवस्था आकर्षित हुनेछ ।

नक्कली चेक, ड्राप्ट, विदेशी मुद्रा, क्रेडिट÷डेविट कार्ड, बिल्स आदि कागजात तथा उपकरण प्रयोग गरी ठगी गर्ने, कुनै व्यक्ति, फम, कम्पनी, वा संस्थाले इजाजपत्रपाप्त संस्थासँग लिएको कर्जा वा सो कर्जाको लिखतको भाखाभित्र चुक्ता नगरी राखेमा पनि कालोसूचीमा पर्न सक्ने व्यवस्था गरिएको छ । 

५० हजारभन्दा मुनिको कर्जाको लागि भने कर्जा अपलेखन गर्दाृ भने ऋणीलाई समावेश नगरी कर्जा अपलेखनमात्र पनि गर्न सक्ने छ । खातामा प्रर्याप्त रकम नभइ खेक जारी गरेमा उक्त व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था कालोसूचीमा पर्न सक्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।