logo

काठमाडौं उपत्यकामा रात्रीकालीन यातायात सेवाको लागि तयारी सुरु

    1495   पटक पढिएको

२० जेठ /अर्थ र व्यापार  - काठमाडौं उपत्यकामा रात्रीकालीन यातायात सेवा सुरु हुने तयारीमा छ । यातायात व्यवस्था विभागले काठमाडौंका मुख्य स्थानहरुमा कम्तीमा राती १० बजेसम्म सार्वजनिक सवारीसाधन संचालन हुने व्यवस्था मिलाउने भएको हो ।  
विभागले निजी सवारी कम्पनी, साझा यातायात, नेपाल प्रहरी, ट्राफिक लगायतका निकायसंग छलफल सुरु गरिसकेको छ । उपत्यकामा पर्यटकको चाप भएको ठमेल लगायतका स्थान, अस्पताल, व्यापारिक स्थल, यात्रुको चाप बढी हुने रुटमा रात्रीकालीन सेवा संचालन गर्न सकिने निष्कर्ष छलफलबाट निस्किएपछि यसकालागि तयारी सुरु भएको हो ।  

ती स्थानहरु कम्तीमा राती १० बजेसम्म भाडाका सवारीसाधन संचालन गर्ने योजना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए । उनका अनुसार त्यसपछि विस्तारै राजधानीका अन्य रुटमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ । बस कम्पनीहरुले सुरक्षा र वैज्ञानिक भाडादर समायोजन गरिदिए रात्रीकालीन सेवा संचालन गर्न सकिने प्रतिक्रिया दिएको यातायात व्यवस्था विभागका महानिर्देशक दाहालले जानकारी दिए । सुरक्षा निकायले सुरक्षाको जिम्मा दिन सक्ने समेत प्रतिवद्धता जाहेर गरेका छन् ।

अहिले भाडाका सवारीसाधन चढ्ने वित्तिकै १५ रुपैयाँ भाडा तिर्नुपर्छ । त्यसमा अशक्त, जेष्ठ नागरिक, विद्यार्थी लगायतलाई ४५ प्रतिशतसम्म छुट दिनुपर्ने व्यवस्था छ । तर रात्रीकालीन सेवाका लागि चढ्ने वित्तिकै २० रुपैयाँ भाडा र छुटको व्यवस्था हटाउनुपर्ने यातायात ब्यवसायीको माग छ । दाहालका अनुसार एक साताभित्रमा सरोकारवाला सबै निकायसंग छलफल र सुझाव लिने काम सकिनेछ । यातायात कम्पनीहरुले रुट इजाजत लिँदा विहान ५ बजेदेखि राती १० बजेसम्म सम्म सेवा संचालन प्रतिबद्धता जनाएका हुन्छन् । तर हालसम्म पनि यो कार्यान्वयन हुन सकेको छैन ।

सवारी ऐनमै उक्त व्यवस्था रहेपनि यात्रु नपाउने र सुरक्षा नहुने भन्दै यातायात व्यवसायीहरु राती बस चलाउन मान्दैनन् । यसबाट सर्वसाधारणलाई राती बाहिर निस्कँदा यातायातका साधन नपाउने समस्या परिरहेको छ । सवारीसाधन सहज भएमा राती पनि  मानिसहरुको चहलपहल बढ्ने विभागको भनाई छ । विभागले रात्रीकालीन सेवाका लागि यातायात ब्यवसायीलाई प्रोत्साहन दिने योजना समेत बनाउन लागेको दाहालले बताए ।  

रात्रीकालीन सेवा संचालन गर्न सके दिनमा हुने ट्राफिक फ्लो समेत घट्ने विभागको भनाई छ । त्यसैगरी शहर समेत १० बजेसम्म जीवन्त हुनेछ । पहिले नाईट बस संचालन गरेर बन्द  भएपनि अहिले आवश्यकता भैसकेका कारण अब संचालनमा आएपछि दिगो हुने दाहालको बुझाई छ । उनले यसबारेमा एक साताभित्र निर्णय हुने र  निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।