logo

२०१७ मा नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण

    1731   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-सन् २०१७ मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण वल्र्ड इकोनोमिक फोरमले गरेको छ । यो प्रक्षेपण विश्व बैंकको तथ्यांकमा आधारित रहेर गरिएको हो ।

फोरमले बनाएको तीव्र आर्थिक वृद्धि गर्ने देशको सुचीमा नेपालभन्दा अगाडि इथियोपिया र उज्बेकिस्तान रहेका छन् । यी दुई देशले क्रमशः ८.३ प्रतिशत र ७.६ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । नेपालको वृद्धिदर ७.६ प्रतिशत रहने जनाइएको छ ।

इथियोपियाले हाल पुर्वाधारमा उच्च लगानी गरिरहेको छ भने सन् २०२५ सम्ममा मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्यमा अगाडी बढेको छ । उज्वेकिस्तानमा भने सेवा क्षेत्रमा भइरहेको बिस्तार नै वृद्धिको कारण हुनेछ ।

सुचीमा तेस्रो स्थानमा रहेको नेपालले ७.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । यो वृद्धिदर २३ वर्षयताकै उच्च हुने मानिएको छ । सन् २०१५ मा गएको भूकम्पपछिको पुनर्निर्माण नै वृद्धिदरको आधार हुने छ ।

सुचीमा छिमेकी राष्ट्र भारत नेपालभन्दा ठीक पछाडि छ । भारतले ७.२ प्रतिशत वृद्धिदर कायम गर्ने अनुमान गरिएको छ । टप १० को सुचीमा अटाएकामध्ये १० खर्ब डलरको अर्थतन्त्र भएको भारत एक मात्र राष्ट्र हो । भारतको जत्ति नै ७.२ प्रतिशत हासिल गर्ने पूर्वानुमान गरिएको तान्जानिया पनि चौंथो स्थानमा छ । तान्जानियामा भइरहेको पुर्वाधारमा लगानी र सेवा क्षेत्रमा वृद्धिले नै यो वृद्धि हासिल हुने छ ।

दक्षिण एशियाली दुई राष्ट्रहरु बंगलादेश र भुटान ६.८ प्रतिशत वृद्धिदरका साथ नवौं स्थानमा रहनेछन् । बंगलादेशमा निर्यात कमजोर देखिए पनि अन्य परिसुचक सकारात्मक रहेको तथा भुटानमा कृषि, जलविद्युत्, वन र पर्यटन क्षेत्र सशक्त रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।