logo

२०१७ मा नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण

    1449   पटक पढिएको

२९ जेठ / अर्थ र व्यापार-सन् २०१७ मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण वल्र्ड इकोनोमिक फोरमले गरेको छ । यो प्रक्षेपण विश्व बैंकको तथ्यांकमा आधारित रहेर गरिएको हो ।

फोरमले बनाएको तीव्र आर्थिक वृद्धि गर्ने देशको सुचीमा नेपालभन्दा अगाडि इथियोपिया र उज्बेकिस्तान रहेका छन् । यी दुई देशले क्रमशः ८.३ प्रतिशत र ७.६ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । नेपालको वृद्धिदर ७.६ प्रतिशत रहने जनाइएको छ ।

इथियोपियाले हाल पुर्वाधारमा उच्च लगानी गरिरहेको छ भने सन् २०२५ सम्ममा मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्यमा अगाडी बढेको छ । उज्वेकिस्तानमा भने सेवा क्षेत्रमा भइरहेको बिस्तार नै वृद्धिको कारण हुनेछ ।

सुचीमा तेस्रो स्थानमा रहेको नेपालले ७.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । यो वृद्धिदर २३ वर्षयताकै उच्च हुने मानिएको छ । सन् २०१५ मा गएको भूकम्पपछिको पुनर्निर्माण नै वृद्धिदरको आधार हुने छ ।

सुचीमा छिमेकी राष्ट्र भारत नेपालभन्दा ठीक पछाडि छ । भारतले ७.२ प्रतिशत वृद्धिदर कायम गर्ने अनुमान गरिएको छ । टप १० को सुचीमा अटाएकामध्ये १० खर्ब डलरको अर्थतन्त्र भएको भारत एक मात्र राष्ट्र हो । भारतको जत्ति नै ७.२ प्रतिशत हासिल गर्ने पूर्वानुमान गरिएको तान्जानिया पनि चौंथो स्थानमा छ । तान्जानियामा भइरहेको पुर्वाधारमा लगानी र सेवा क्षेत्रमा वृद्धिले नै यो वृद्धि हासिल हुने छ ।

दक्षिण एशियाली दुई राष्ट्रहरु बंगलादेश र भुटान ६.८ प्रतिशत वृद्धिदरका साथ नवौं स्थानमा रहनेछन् । बंगलादेशमा निर्यात कमजोर देखिए पनि अन्य परिसुचक सकारात्मक रहेको तथा भुटानमा कृषि, जलविद्युत्, वन र पर्यटन क्षेत्र सशक्त रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।